७ बैशाख २०८१, शुक्रबार

बंगुर पालन ब्यबसाय बाट मनग्य आम्दानी गदै पदमा थापा ।

४ हजारको लगानी बाट सुरु गरेको बंगुर पालन ब्यबसाय अहीले ३५ लाख सम्म पुगेको पदमा बताउनुहुन्छ ।

  • पवित्रा परियार

बाँके बैजनाथ।  कोहलपुर नगरपालिका वडा न २ बस्ने पदमा थापाले ब्यबसायिक रुपमा बंगुर पालन गदै आउनु भएको छ ।

उहाले ब्यबसायिक रुपमा बंगुर पालन गरेको अहीले १२ बर्ष भयो ।

श्रीमानले २ वटा बंगुर बाट सुरु गरेको ब्यबसाय अहीले बढाएर पदमाले ५४ वटा सम्म पुर्याउनु भएको छ । श्रीमान कमल बहादुर थापाको मृत्यु पछि पदमा एक्लैले ब्यबसायलाई अगाडि बढाउदै लैजानु भएको हो ।

४ हजारको लगानी बाट सुरु गरेको बंगुर पालन ब्यबसाय अहीले ३५ लाख सम्म पुगेको पदमा बताउनुहुन्छ । बंगुर पालन ब्यबसाय बाट मनग्य आम्दानी हुने भएकाले आफुले बंगुर पालन ब्यबसाय रोजेको पद्मा बताउनुुहुन्छ ।

एउटा माउले ८ देखि १२ वटा सम्म बच्चा पाउछ । मासु र बच्चा दुबै बिक्री गरेर आम्दानी गर्न सकीन्छ । पद्मालाई अहीले उहाका छोराले सघाई राख्नु भएको छ । नेपालमा नै व्यवसाय गरेर आरामले घर खर्च चलाउन सकीने र बिदेशमा गरिने जस्लै मेहेनत र लगनशीलता नेपालमा देखाउने हो भने यही बाटै मनग्य आम्दानी गर्न सकीने भएकाले अहीले पदमाले छोरालाई पनि यही ब्यबसाय लाग्न प्रेरित गरिरहनु भएको छ । पद्माले मासुका लागि बंगुर तयार गर्नुका साथै उन्नत जातका बंगुरका पाठापाठी समेत बिक्री गर्नुहुन्छ ।

उत्पादन भएका पाठापाठी ५ हजारका दरले बिक्री हुने र बंगुरका पाठापाठी बाँके , बर्दीया , दाड। सम्म पुग्ने पद्मा बताउनुहुन्छ । पदमा भन्नुहुन्छ , पाठापाठीका लागि पहीले नै अर्डर आउछ , बंगुरका पाठापाठी एक महीनामा बिक्रीका लागि तयार भैसक्छन् मासुका लागि भन्दा पनि पाठा पाठी उत्पादन गर्न सकीयो भने फाइदा लिन सकीन्छ ।

ब्यबसायिक रुपमा कृषि पेशामा आबद्ध भएका कृषकहरुलाई बिभिन्न संघ संस्था तथा स्थानिय तह बाट श्रण तथा अनुदान दिने भने पनि आफुले कुनै पनि निकाय बाट सहयोग नपाएको पद्माले गुनासो गर्नुहुन्छ ।

पदमाले उन्नत जातका च्वाचे, कालो पाख्रिबास , धराने कालो बङ्गुर पाल्नु भएको छ । बंगुरलाई दिनमा २ , ३ पटक सम्म आहार खुवाउनु पर्छ । घरमा बचेको खाना बिग्रेको साग सब्जी र फलफुल जस्ता मानिसले उपभोग गर्न नमिल्ने सामाग्रीहरु पकाएर दानाको रुपमा प्रयोग गर्न सकीने पदमा बताउनुहुन्छ ।

बंगुर ब्यबसाय लाई अझै ब्यबस्थित गदै बढाउदै लैजाने र बंगुर सगै हांस पनि ब्यबसायिक रुपमा पालन गर्ने योजना रहेको पदमा बताउनुहुन्छ ।

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech