८ बैशाख २०८१, शनिबार

मंसिर ३ मा बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक
  • न्युज मानसराेवर

काठमाडौँ — सत्तारूढ नेकपाको सचिवालय बैठक केहीबेर बसेर सकिएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकले आगामी बैठकका लागि एजेण्डासमेत तय गरेको छ । मुख्यतस् पार्टीमा देखिएको संकट र त्यसको समाधानलाई केन्द्रमा राखेर छलफल गरिने तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा कार्यकारी अध्यक्ष पुष्पकल दाहालसहित सचिवालयका बहुमत सदस्यले बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बुझाएको पत्र बैठकमा पेस भएको थियो ।

त्यसबाहेक ती सबैलाई समेटेर अध्यक्ष दाहालले बैठकका लागि तयार पारेको एजेण्डासहितको प्रतिवेदन पनि पेस भएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार यी सबै अध्ययन गरेर मंसिर ३ गते बैठक बस्ने निर्णय भएको हो ।

कात्तिक २२ मा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठकको आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई सम्बोधन र अन्य चार नेतालाई बोधार्थसहितको पत्र लेखेका थिए । कान्तिपुर ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech