१५ बैशाख २०८१, शनिबार

भेरीको परीक्षणमा चालिस जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  भेरी  अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १७ सहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४ जनाको परीक्षण गर्दा बाँकेका १७ सहित ४० जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रवार थपिएका संक्रमितमा बर्दिया, दाङ, अछाम, सिराहा र सल्यानका पनि रहेका छने । भेरी अस्पतालले हालसम्म ४८ हजार २ सय ६९ जनाको स्वाव परीक्षण गर्दा ४ हजार १ सय ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विवरणमा उल्लेख छ ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech