१६ चैत्र २०८०, शुक्रबार

साताका ७ तस्बिर

यो साताका ७ तस्बिरमा तिहारका लागि काठमाडाैं उपत्यकामा सयपत्री टिप्दै गरेका किसानदेखि लमजुङमा जाडो छल्न बेंसी झारिएका भेडाबाख्रासम्म:

  • न्युज मानसराेवर

काठमाडौँ — तिहारका लागि सयपत्री फूल टिप्दै काठमाडौं उपत्यकाको ग्रामिण भेगका किसानहरु । माला र सजावटका लागि तिहारमा फूलको माग अत्यधिक हुने गरेको छ ।

काठमाडौंको खुलामञ्चमा स्वयंसेवीले बाँड्ने खाना खान पर्खिरहेका सर्वसाधारण । काठमाडौं महानगरपालिकाले गत सोमबार सार्वजनिकस्थलमा खाना वितरणमा रोक लगाएको थियो । तर पछि शुक्रबार खाना वितरण गर्ने अभियान्ता र महानगरपालिकाबीच सहमति भयो । सहमतिमा भाइटिकाको भोलिपल्टदेखि निश्चित स्थान वा प्याकेटमा मात्र खाना वितरण गरिने भएको छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका, मजदुर, असहाय र अशक्तलाई खुलामञ्च, पशुपतिलगाएतका क्षेत्रमा मनकारीहरुले निस्शुल्क खाना खुवाइरहेका थिए । यसबाट संक्रमण फैलने खतरा हुने, फोहोर हुने र सहरको सौन्दर्य बिग्रने भन्दै महानगरले खाना वितरण बन्द गर्न लागेको बताएको थियो ।

मौसम खुलेपछि भक्तपुरको रानीकोटबाट देखिएका हिमश्रृंखला । तर पछिल्लो समय हिमालहरूमा हिउँ भने हराउँदै गएको छ । सामान्यतया काठमाडौं उपत्यकाबाट हिमालचुली, लाङटाङ, दोर्जेलाक्पा, गणेश, गौरिशंकर लगायतका हिमालहरु देखिने गरेका छन् ।

काठमाडौंको स्वयम्भूनाथमा धाराबाट पानी पिउँदै बाँदर ।\

भक्तपुरको गुण्डुमा तिहारका लागि मखमली फूलको माला उन्दै स्थानीय महिला । दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहारमा मखमली फूलको विशेष महत्त्व रहिआएको छ ।

लमजुङको मर्स्याङ्दी–२ घनपोखरास्थित २३ सय मिटर उचाइको फुल्बु च्हो डाँडामा झारिएको भेडीगोठ । हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि भेडीगोठ तल झार्न थालिएको छ । जाडो छल्न बेंसी झारिने भेडाबाख्रालाई वैशाख पहिलो साता लेक फर्काउने गरिन्छ ।  कान्तिपुर

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech