१६ चैत्र २०८०, शुक्रबार

माझी दाई ……..
  • न्युज मानसराेवर

बाँके बैजनाथ अगैया । राप्ती नदि बाट प्रत्येक दिन स्थानीय माझीहरुले   दैनिक १ हजार देखी १५  आम्दानी गर्दै आएका छन् । उनीहरुले  स्थानीय अगैया बजारमा माछा  विक्र गर्ने गर्दछन् ।  यसरी नै उनीहरुको दैनिकी चलेको छ । २०६२ ०६३ को जनआन्दोलन पछि उक्त अगैया बजारको कोल्टे फिरिएको हो । हाल बढि चहलपहल छ । बजार बृद्धि सगै भौतिक निमार्णले समेत बजार सुन्दर बन्दै गइरहेको छ ।

यही अगैया स्थित दाहस्कार समेत गर्ने गरिन्छ । पछिल्लो पटक नेपालजञ्ज नरैनापुर  राप्ती सोनारी हुदै अगैया आउन सजिलो बनेको छ ।  बाटो निमार्ण हुदै हुदै गर्दा स्थानीय स्तरमा   व्यापार राम्रो हुने गरेको  राप्ती सोनारी गाउँपालिका १ का शिक्षक भुवन खुना बताउछन् ।

देशकै ठुलो आयोजना सिक्टा सिचाईले समेत स्थानीय बजार चल्ने हुदा स्थानीय राप्ती  नदिका माछा खान नेपालगञ्ज कोहलपुर लगाएतका स्थानीय युवा व्यापारीहरुको  प्रमख रोजाइमा पर्न सफल छ । स्थानीय  माछाको स्वाद लिन र अवलोकन गर्न दैनिक आन्तरिक पर्यटकहरु आउने वन भोज  picnic  जस्ता क्रियाकलापले समेत चहलपहल छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित अगैयामा माछाका लागि जाल हान्दै चौधरी समुदायका माझी दाइहरुःतस्विर रबि रोकाया अगैया बाँके ।

 

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech