११ बैशाख २०८१, मंगलवार

हुम्लामा हिमपात शूरु, तापक्रम माईनस ८ डिग्री
  • न्युज मानसराेवर

मंसिर-१ ।  हुम्लामा हिमपात भएको छ । आईतबार रातीबाट हुम्लामा हिमपात शुरू भएपछि तापक्रम माईनसमा  झरेसंगै जाडो अत्याधिक बढेको छ । हिमपात हुदा हुम्ला लगायतका हिमाली जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । हुम्लाको उतरी नाम्खा गाउँपालिकाका प्राय बस्तिहरुमा  एक फिट भन्दाबढी हिउँ जमेको छ। भने अहिले सदरमुकाम सिमकोटमा २ ईन्च हिउ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ ।

आइतबार राती देखि परेको हिंपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवाबन्द भएको विमानस्थल श्रोतले बताएको छ । हिमपातले चिसो बढे सँगै तिहारको अन्तिम दिन भाईटिकमा टिका थाप्न जाँदाँ हिमपातले समस्या हुने देखिएको छ ।

लामो समय देखि बर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले यहाँका स्थानियलाई सतर्क रहन आग्रह समेत गर्नु भएको छ । पश्चिमी भुभागमा सामान्य देखि पूर्ण बदली भएको हुदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लयातका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको छ ।  रेडियो कैलासले उल्लेख गरी समाचार बनाएको छ ।

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech