१५ बैशाख २०८१, शनिबार

यस्तो रह्यो कलाकारहरुको भाइटीका
  • न्युज मानसराेवर

काठमाडौँ — अभिनेता नाजिर हुसेनले यो वर्ष पोखरामा रहेकी दिदी फ्लोरेन्स कार्कीसँग मात्रै भाइटीका मनाए ।

अघिल्लो वर्ष काठमाडौंमा फ्लोरेन्ससँगै सरु, सोनी, सुनिता राई दिदीको हातबाट उनले टीका थापेका थिए । यसपालि पनि काठमाडौंमा गत साल जसरी नै सबै दिदीसँग तिहार मनाउने योजना थियो उनको । तर, गाउँमा भाइहरुको निधार खाली होला भनेर सरु र अन्य दिदी बारा गइन् । नाजिरलाई पनि  सँगै जाऔुं भनेकी थिइन् । तर, उता पोखरामा दिदी फ्लोरेन्स एक्लै होलिन् भनेर नाजिर त्यतै बसे ।

फ्लोरेन्सकै हातबाट यसपालि नाजिरको निधार रंगियो । गाउँ गएका दिदीहरुसँग फोनमै कुरा गरे ।  सरु दिदीहरु गाउँ फर्कनु भयो, उता प्रशस्त दाइहरु छन् । अनि पोखराको दिदी काठमाडौं आउन पाउनु भएन । कुस्मामा भर्खर उहाँहरुले बन्जी खोल्नु भएको थियो । त्यताको कामै व्यस्त भएर दिदी काठमाडौं आउन पाउनु भएन । त्यसैले म पोखरा आएँ, उनले सुनाए, सबै दिदीहरुसँग तिहार मनाउन नपाउँदा सम्झँना आउँदो रहेछ ।

सरुको बुवा लीलाराम राईलाई नाजिरकी आमाजी मीना बेगमले भाइ बनाएपछि नाजिरले सरुको हातबाट टिका लगाउन सुरु गरेका हुन् । धार्मिक हिसाबले नाजिर मुस्लिम । सरुका परिवार किराँत । सानो छँदै बुवा आमाले गाँसेको सम्बन्धबाट नाजिर सरुको भाइ बने । सानैदेखि सरु र उनका अन्य दिदीबहिनीबाट नाजिरले भाइटीका मनाउन थालेका हुन् ।

यसपाली सबै दिदीलाई फोनबाटै सबैलाई शुभकामना दिए । नाजिरले फ्लोरेन्ससँग भाइटीका मनाउन थालेको भने २ वर्ष भयो । यसपालि दिदीलाई उपहारमा लुगा किनिदिएको सुनाउँछन् नाजिर ।नाजिरले फ्लोरेन्सलाई चिनेको भने पाँच वर्ष भयो ।

एक भेटपछि फ्लोरेन्सको मिल्ने साथी भए नाजिर । त्यसपछाडि २र३ वर्ष साथीकै रुपमा उनी दुईको भेट हुन थाल्यो । दुवै नजिकिँदै गए । एकदिन फ्लोरेन्स र नाजिरले एकअर्कासँग आफ्ना जिन्दगीका भोगाइहरु बाँडे । त्यसपछि दुईबीच दिदी भाइको सम्बन्ध गाँसिएको उनी सुनाउँछन् । त्यो दिन दिदीले मेरो कान्छो भाइ भइदिएको भए म यसरी नै हुर्कन्थ्यो होला भनेर भन्नुभयो ।

त्यसपछि मैले कुरा भएको भोलीपल्ट मेरो दिदी बन्न त भनें,ु उनले भने,ुआमाजीले जसरी लीलाराम राईलाई भाइ बनाउनु भएको थियो त्यसरी नै मैले फ्लोरेन्सलाई दिदी बनाएँ ।

हरिवंश आचार्यको ‘कूल तिहार’

हाँस्य कलाकार हरिवंश आचार्यले दुई दिदीको हातबाट टिका थापेर तिहार मनाए । परिवारका सबैजना भर्खरै कोरोना मुक्त भएका हुनाले तडकभडकबिना नै तिहार मनाउने योजना बनाएका थिए । श्रीमती र बुहारी टिका लगाउन माइतीतिर । घरमा छोरा मोहन र उनीमात्रै । दुवैजानले थोरै सेल पकाए । आज घर, महसञ्चारको अफिस र सुटिङ गर्ने स्टूडियोमा पूजा गर्‍यौं । त्यसपछि सेल पकायौं । दिदीहरुसँग टिका लगाएँ । मास्क लगाएर टिका लगाउनु पर्‍यो, उनले भने ।

हरिवंशकी दिदी शारदा अर्याल बानेश्वरमा बस्छिन् । शारदाकै घरमा भाइटिका मनाए उनले । माइली दिदी गीता ढकाललाई उनले उतै लिएर गएका थिए । अस्ट्रेलियामा रहेकी कान्छी दिदीसँग भने भिडियोमार्फत शुभकामना आदनप्रदान गरेको उनी सुनाउँछन् । ुअस्ट्रेलियामा भएको दिदीलाई पनि उपहार किनेर राखेको छु । अब आउनु भएपछि दिन्छु, उनले भने ।

नेपालमा भएका दुई दिदीलाई भने तिहारमा उपहार र दक्षिणा दिए उनले । दिदीहरुले पनि उनलाई सेलरोटी र लुगा दिएका थिए । सँधैजसो दिदीहरुलाई उपहारमा सारी किनिदिन्थे उनी । यसपालि उपहारमा दिदीहरुलाई स्वेटर दिएको उनले सुनाए । ुतीनजना दिदीको लागि उपहारमा स्वेटर किनिदिएको थिएँ । ठिकै भएछ, आज मौसम पनि जाडो थियो,ु उनले भने,ुसारी दिएपछि बाहिर निस्कनु हुन्थ्यो । अब कोरोनाको बेलामा बाहिर जानु भएन नि १ु

यस वर्ष कोरोनाले गर्दा तिहार फरक भयो । ुअहिले छोरा र म मात्र घरमा । यसो बाहिर निस्किउँ भनेर गाडी लिएर घुम्न निस्केको । पोहोरको भन्दा बत्तीहरु पनि कम छ । मानिसहरुको चहलपहल पनि कम छ । भैलोदेउसीको आवाज पनि सुनिएन । पटका पड्केको आवाज पनि आएन । यसपाली  कूल तिहारु भयो, उनले भने ।

अभिनेत्री केकी अधिकारीको तिहार घरभित्रै सीमित भयो । अरु बेला मामा र ठूलो आमा उनको घरमा भाइटीका मनाउन आउँथे । केकी भने भाइसँगै मामा घर गएर तिहार मनाउँथिन् । यो वर्ष उनको तिहार घरमै सीमित भयो ।  पहिलोजस्तो रौनक छैन । आ(आफ्नै घरमै मनाइयो । देउसी भैलो पनि छैन । पहिला जस्तो तिहार छैन ,  उनले भनिन् । भाइ बिम्वलाई उनले टिका लगाइदिइन् । भाइटीकाका लागि आवश्यक सामाग्री अनलाइनबाट मगाइन् । यसपटक उपहारमा भाइलाई सर्ट उपहार दिएको केकीले बताइन् । परिवारसँग रमाइलो गर्न उनले तास पनि खेलिन् ।

भाइटीकाको अघिल्लो दिन धनगढीबाट काठमाडौं फर्केका हुन् अभिनेता पुष्प खड्का । त्यसअघि उनी म्यूजिक भिडियोको सुटिङमा व्यस्त थिए । यसपटक बहिनी राधा खड्का जोशीको हातबाट टिका थापेर उनले तिहार मनाए । दिदी कैलालीमै थिइन् । जुठो परेको हुनाले यसपाली दिदीको हातबाट टिका थाप्न पाएनन् । ुबिहिनी पनि घर गएकी थिइन् । टिका चाहिँ नछुटाउँ भनेर हाम्रो कुरा भयो । अनि उ पनि यता आइन्,  उनले सुनाए । कान्तिपुर

  • २ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech