१६ चैत्र २०८०, शुक्रबार

विविधता संरक्षण आवश्यक मुख्यमन्त्री शंकर पोखरेल
  • न्युज मानसराेवर

बाँके बैजनाथ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वव्यापी परिवर्तनसंग जुध्नका लागि जैविक विविधता संरक्षण आवश्यक रहेको बताएका छन् ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र नेपालले प्रकाशन गरेको राप्ती पर्यावरण सन्देश विशेषाङ्क विमोचन गर्दै पोखरेलले पत्रिकाले यस क्षेत्रमा रहेको बोटबिरुवा र पंक्षीहरुको विस्तृत विवरण प्रस्तुत गरेकाले पर्यावरण अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने भने ।

संस्थाका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता तथा मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका मेयर घनश्याम पाण्डेले पत्रिकालाई स्थानीय पाठ्यक्रममा समावेश गरिने जानकारी गराएका थिए ।

वन विज्ञान स्नातक तहमा अध्ययरत रवीन्द्र पुन मगर र जानकी तिवारीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ र १९ स्थित १८ वटा सामुदायिक वनमा रहेका १ सय १२ प्रजातिका चरा र १ सय ५२ प्रजातिका बिरुवाको बारेमा विस्तृत विवरण तयार गरिएको थियो ।  सोही अध्ययनलाई पत्रिकाको विशेषाङ्ककारुपमा प्रकाशित गरिएको हो । कार्यक्रममा पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेल लगायतकाले मन्तव्य राखेका थिए ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech