१५ चैत्र २०८०, बिहीबार

गैसस महासंघ बाँकेको पहलमा २ सय ५ सेट पिपिई उपलब्ध गराईयो
  • न्युज मानसराेवर

बैजनाथ बाँके । बाँकेमा कोरोना संक्रमितको उपचारको लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ । संक्रमितको संख्या थपिदै जाँदा उपचारको लागि आवश्यक पर्ने पिपिई जस्ता स्वास्थ्य सामग्री अभाव हुन थालेको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँके मार्फत गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेको संयोजनमा विभिन्न संस्थाहरुबाट संकलन गरिएको २ सय ५ पिपिई सेट हस्तन्त्रण गरिएको छ ।

कोरोना व्यवस्थापन तथा नियन्त्रणका लागि कोभिड अस्पताल तथा आईसोलेसनहरुमा पिपिई सामाग्री अभाव भएको जानकारी भएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको अनुरोधमा महासंघ सहयोग संयोजनका लागि अग्रसर भएको महासंघका अध्यक्ष नमस्कार शाहले सदरलाइनडटकमलाई बताए । कोरोना व्यवस्थापन तथा नियन्त्रणका लागि कोभिड अस्पताल तथा आईसोलेसनहरुमा पिपिई सामाग्री अभाव भएको जानकारी भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको अनुरोधमा महासंघ सहयोग संयोजनका लागि अग्रसर भएको अध्यक्ष शाहले बताए ।

उनले सो पिपिई बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारीहरुलाई सहयोग हस्तान्तरण गरिएको जानकारी दिए । सो पिपिई सेट अप्टिस्ट क्लब अफ नेपालगञ्जले १५ थान, रोटरि क्लब सेन्ट्रल अफ नेपालगञ्जले ५० थान, बि ग्रुप नेपालगञ्जले १ सय थान, आशिर्वाद पेन्ट्सले २० थान र एचसिआरसि हस्पिटलले २० थान सहयोग प्रदान गरेका थिए ।

केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाँग, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा, भेरी अस्पताल नेपालगञ्जका प्रमुख डाक्टर प्रकाश थापा, भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल, लुम्विनी प्रदेशका प्रदेश सदस्य आई।पि। खरेल लगायतले सहयोग ग्रहण गरेका थिए ।

अप्टिस्ट क्लबका अध्यक्ष रमेश सिटौला, रोटरि क्लब सेन्ट्रल अफ नेपालगञ्जका अध्यक्ष पुरन थारु, माधवी शाह, खड्क बोहरा, बि ग्रुपका सचिव टेक बहादुर पुन, निर्देशक डम्मर सुनार, एचसिआरसि हस्पिटलका अध्यक्ष डाक्टर कुमार शान शाह र आशिर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्कीले पिपिई सहयोग हस्तान्तरण गरेका थिए ।

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech