१६ चैत्र २०८०, शुक्रबार

च्याउ खेतीमा रमाउदै बैजनाथ ५ का सन्तबीर

सुनारले  लुम्बिनी प्रदेश  भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयबाट १३ लाख ८५ हजार बराबरको च्याउ अनुदान कार्यक्रम प्राप्त गरे । 

  • पवित्रा सुनार

बैजनाथ बाँके\ बाँकेको बैजनाथ गाउँपालिका वडा न ५ का सन्तबीर सुनारले ब्यबसायिक रुपमा च्याउ खेती संचालन गरेका छन् ।     कृषिमा रुचि राख्ने सुनाको कृषि पेशा नै  बाँच्ने आधार हो ।  २ बर्ष  पहीले सुनारले सामुहीक केरा खेती समेत गरेका थिए । केरा खेती असफल भएपछि सुनारले च्याउ खेती  सुरु गरेका हुन ।  केरा खेतिमा सुनारले १० लाख लगानी गरेका थिए ।

हाल ५० हजारको लगानी बाट सुरु गरेको च्याउ खेती अझै बढाउदै जाने योजना  छ सन्तबीरले भने , थोरै लगानी बाट पनि मनग्य आम्दानी गर्न सकीने भएकाले ४ हजार डल्लाबाट  च्याउको बिउ उर्मार्ने योजना छ उनले भने ।

अहीले  सन्तबीरले  अरनिको च्याउ तथा तरकारी कृषि फर्म सन्चालन गरेका छन् । गर्मी मौसममा १३ देखि १८ दिनमा र जाडो मौसममा २१ देखि ३० दिनमा च्याउ तयार हुने गर्दछ । च्याउलाई धेरै समय सुख्या भयो भने उम्रन लागेको बिरुवा मर्ने भएकाले बिरुवा ओसिलो भैरहनुपर्छ ।

च्याउको पोकामा पानी दिदा सबै पोकामा पर्ने गरेर दिनुपर्छ । चिस्यान र राम्ररी हावा आवत जावत गर्ने झयालको ब्यबस्थित ठाउमा राम्रो च्याउ फल्ने र उत्पादन पनि बढि हुने सुनारको बुझाई छ । एउटा डल्ला बाट दुई ढाई  के-जी को एभरेजमा च्याउ उत्पादन हुन्छ मैले पुसमा हालेको च्याउ अहीले सम्म पनि उम्रिरहेको छ । ३ लट सम्म त च्याउ एकदमै राम्रो फल्छ, अहीले सम्म पनि च्याउ उम्रीरहेको छ हर्षित हदै भने ।

च्याउ टिपी सकेपछि टिपेको भागमा रहेको बाकी मसिनो च्याउ वा टिप्दा भाचिएको डाठ को भाग वा च्याउ फलेको वरिपरी सफा गर्नुपर्छ । बाक्लो ढुसिको भाग च्याउ टिपिसकेपछि त्यस ठाउँ बाट फेरि च्याउ पलाउने भएकाले डाठ बाक्लो ढुसि राम्ररी सफा गर्नुपर्छ ।

कृषि पेशा नै कर्म भएका कारण सुनारले  लुम्बिनी प्रदेश  भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयबाट १३ लाख ८५ हजार बराबरको च्याउ अनुदान कार्यक्रम प्राप्त गरे ।  अब उनको योजना  १६  क्ठ्ठा जग्गामा तरकारी खेती गर्ने छ  ।हाल ५ जनालाई रोजगारी समेत दिएका छन्  सुनारले  जानकारी गराए ।   उत्पादन गरेका  च्याउ बाँके ,सुर्खेत सम्म बिक्री हुन्छ । च्याउ मा कार्बोहाइड्रेड , प्रोटिन लगायतका बिभिन्न पौषटिक तत्व पाइने भएकाले बजारमा च्याउको माग बढि छ ।

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech