७ बैशाख २०८१, शुक्रबार

स्मार्ट कृषि गाउँ कार्यक्रमको प्रभावकारीता बाँकेमा अन्तरक्रिया

प्रदेशको १२ जिल्लाका ५३ गाउँको लागि २६ करोड ५० लाख बजेट  विनियोजन गरेको थियो । 

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  स्मार्ट कृषि गाउँ कार्यक्रमको प्रभावकारीता बारे बाँकेमा सरोकारवाला निकायहरु संग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ ।


लुम्बिनी प्रदेश सरकाले बाँकेका ८ वटा स्थानीय तहका गाउँसहित प्रदेशका ५३ गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु गरेको छ। प्रदेशको १२ जिल्लाका ५३ गाउँको लागि २६ करोड ५० लाख बजेट  विनियोजन गरेको थियो ।  बाँकेमा कार्यक्रमको  कार्यान्वयन को अवस्था सरोकारवाला निकायहरु सँग अन्तरक्रिया संचालन गरिएको बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले जानकारी गराई ।

लुम्बिनी प्रदेश कृषि ज्ञान केन्द्रको सहयोगमा लुम्बिनी प्रदेशका सबै जिल्लामा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन छ ।  बैजनाथ स्मार्ट कृषि कार्यक्रमका अध्यक्ष इन्द्र बहादुर थापाले टेलिफोनमा जानकारी गराए ।

थापाले प्रमुख अथिति कृषि मन्त्री आरती पौडेल रहेको उक्त अन्तरक्रिया कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु बाँके  कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाल तथा सम्बन्धित बाँकेका स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन गरिएका अध्यक्ष ज्यूहरुको सहभागिता रहेको छ थापाले जानकारी गराए । कार्यक्रममा विगत २ बर्षको अवधिमा गरिएका गतिविधि कार्यक्रमको प्रभावकारिता बारे बृह्त छलफल हुने बताइएको छ ।अन्तरक्रिया  मन्त्री पौडेलले आफ्नो धारण राखेकी छैनन् ।

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech