१४ बैशाख २०८१, शुक्रबार

खजुरा क्यान्सर अस्पतालमा अपरेशन सेवा सुरु
  • न्युज मानसराेवर

खजुरा बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आज शुक्रबारदेखि अपरेशन ९सर्जरी० सेवा सुरु गरिएको छ । संघिय सांसद नन्दलाल रोकायले सो सेवाको एक कार्यक्रमका बीच उद्घाटन समेत गरेका छन् ।

सो अवसरमा खजुरा गाउपालिकाका अध्यक्ष तथा अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले १५ वर्ष अघि जनताको प्रत्यक्ष सहभागितामा निर्माण गरिएको सो अस्पताल सञ्चालनमा आउनु खजुराबासीको गौरवको विषय भएको बताए ।

अस्पतालका कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले अपरेशन सेवा सुरु पछि एकहप्ता भित्र जटिल खालका शल्यक्रियाको सेवा सञ्चालन गर्ने योजना बनाएको अस्पतालले अवको एकमहिना भित्र स्त्रीरोग विशेषज्ञसहितको सेवा दिने तयारी गरेको बताए ।

सो अस्पताल चितवन पश्चिमको एकमात्र क्यान्सर अस्पताल हो । यहाँ अहिले किमोथेरापी, जनरल सेवा, ल्याव, भिडियो एक्स रे, सिटिस्क्यान लगायतका सेवाहरु दिदै आएकोमा अव शल्यक्रिया समेत थपिएको छ ।

२५ जना जनशक्ति रहेको यो अस्पतालले सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सकसहित ४५ जना जनशक्ति थप्ने तयारीमा रहेको पनि निर्देशक डा आचार्यले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लुम्बिनी प्रदेस सभा सदस्य बाबुराम गौतम, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तब, बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए । सरदलाइ

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech