१६ चैत्र २०८०, शुक्रबार

भौतिक पूर्वाधारका काम धमाधम अघि बढाउदै कोहलपुर नगरपालिका

पश्चिम नेपालको प्रवेशद्वारको रुपमा रहेको बाँकेको कोहलपुर नगरपालिका विकाशको गतिमा तीब्र रुपले अघि बढेको छ ।

  • न्युज मानसराेवर

कोहलपुर बाँके । पश्चिम नेपालको प्रवेशद्वारको रुपमा रहेको बाँकेको कोहलपुर नगरपालिका विकाशको गतिमा तीब्र रुपले अघि बढेको छ । बाटोघाटो, फूल पुलेसा, भवन लगायतका पूर्वाधार निर्माण कार्य कोभिड–१९ को महामारीमा पनि धमाधम सुरु भएका छन ।

बाँकेको कोहलपुर नगरपालिका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्नको लागि मुख्य प्रवेशद्वारको रुपमा विकास हुँदै आएको नगरपालिका हो । यहाँ हुने विकास निर्माणको कार्यले यी प्रदेशलाई पनि प्रभाव पार्ने भएको हुँदा विकास निर्माणको काम गुणस्तरिय हुन पनि आवश्यक भएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताउछन् ।

उनले कोहलपुरलाई बिकासोन्मुख नगरको रुपमा विकाश गर्ने गरी विभिन्न खालका योजना अघि सारेको र ती योजनामा तीब्र रुपले काम सुचारु हुँदै  आएको बताए । कोहलपुर नगरपालिकाले न्यूरोडको गोलपार्कमा १० तलाको घण्टाघर सहितको भ्यु टावर, १३ विगाहमा खेलकुदको लागि कभर्डहल, लामोदुरीको बसपार्क, अत्याधुनिक बधशाला निर्माणसंगै वडा कार्यालय र स्वास्थ्य चौकी निर्माण कार्यको तीब्र गतिमा काम अघि बढाएको छ ।

जनप्रतिनिधि र नगरपालिकाका प्रविधिकले नियमित अनुगमनसंगै निर्माण कार्यमा आएको बाधा अवरोध फुकाई दिने हो भने निर्धारित समय भन्दा अगावै निर्माणको चरणमा रहेका योजना सम्पन्न गर्न सकिने न्यूरोडको गोलपार्कमा १० तलाको भ्यूटावर निर्माण गर्दै आएको निर्माण कम्पनी एशोसियट्स जयभवानी जेभि काठमाण्डौका निमार्ण व्यवसयी अर्जुन पनेरु बताउछन् ।

उनले कोभिड–१९ को कारण निर्माण कार्यको गतिमा केही असहज भएता पनि तोकिएको समय अगाबै भ्यूटावरको योजना निर्माण गरी हस्तान्त्रण गरिने गरी काम अघि बढाएको जानकारी दिए । कोहलपुर नगरपालिकालाई पूर्वपश्चिम राजमार्ग र उत्तर दक्षिण राजमार्गले चिरेर गएको छ । यी दुबै राजमार्ग संगै रहेका मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्नको लागि कालोपत्रे सडक निर्माण संगै जैविक पार्क निर्माण कार्य, चालु आर्थिक वर्षको अन्तिमसम्म सबै वडा कार्यालयमा आफ्नै भवनबाट सेवादिने तयारीको रुपमा तीब्रगतिले अघि बढाउदै अघि बढिएको नगरप्रमुख रावत बताउछन ।

कोहलपुर नगरपालिकामा एकहजार सिट क्षमताको सिटीहल, कृषिको क्षेत्रमा अनुदान, तालिम, पशुपालक कृषकलाई प्रति पशु २ हजार सुत्केरी भक्ता र २ वटा आकाशे पुल निर्माणको चरणमा रहेका छन । कोहलपुर न्यूरोड गोलपार्क नजिकैका स्थानीय लिलाराम देवकोटाले समयमा र गुणस्तरिय निर्माण सम्पन्न गर्न सबैको सहकार्यले मात्र सम्भव हुने भएकोले सबैले नगरको विकासमा ध्यान दिनु पर्ने बताए । गोलपार्क सुधार समितिका अध्यक्ष देबीलाल बोहराले कोहलपुरको टाउन प्लानिङ्ग भित्र स्थानीयको माग अनुसारको घण्टाघर सहितको भ्यु टावर निमार्ण गर्न निवार्चन ताका प्रबिद्धता पुरा हुन लागेकोमा आफुहरु हर्षित भएको बताउदै यो योजना कोहलपुरबासीको लागि  गौरवको योजना भएको दाबी गरे ।

कोहलपुर नगरपालिकाका प्राबिधिक शाखा प्रमुख समेत रहेका ईञ्जिनियर बालकृष्ण महतराले न्यूरोडको गोलपार्क भ्यूटावर, कोहलपुर रिङ्गरोड निर्माणको लागि ट्याक खोल्नु संगै साढे ४ किलोमिटर ग्राबेल गरिने, ४ वटा वडा कार्यालय आफ्नै भवनमा रहेको र १० वटा निर्माण प्रकृया १ टेण्डर प्रकृयामा रहेको बताए ।
उनले आवश्यक जनशक्ति भएको कारणले नियमित अनुगमनका कारण समयमा योजना सम्पन्न गर्न सहज भएको दाबी गरे ।

कोहलपुर नगरपालिकामा योेजना समयमा सम्पन्न गर्नको लागि सबैको सहकार्य आवश्यक रहेको र छोटा समयाबधिका योजना समयमै सम्पन्न गर्ने र बहुबर्षिय योजनाहरु पनि समयमै सम्पन्न गर्नको लागि पहल भएको छ । बजेट र योजना कार्यन्वयनको लागि आवश्यक जनशक्ति स्रोतसाधन संघ र प्रदेशबाट समेत माग गरीएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत छबिलाल नेपाली बताउछन् ।

कोहलपुर नगरपालिका केही वडाहरुले भाडाको घरबाट आफ्नै भवनमा सरेर सेवा प्रवाह गरेका छन् । पछिल्लो क्रममा वडा नंं २ ले भाडाको घरबाट आफ्नै कार्यालयमा सरेर सेवा प्रवाह गरेको छ । वडा नंं २ वडा अध्यक्ष कर्णसिंह बुढाक्षेत्रीले आफ्नै भवनमा वडा कार्यालय हुँदा धेरै सहज भएको बताए ।

उनले संयुक्त रुपमा वडा चलाउदा सेवाग्राही अलमलमा परेपछि भाडामा वडा कार्यालय सञ्चालन गरिएको र यसो हुँदा पनि सेवा प्रवाहमा कठिन भएपछि अहिले आफ्नै भवनमा कार्यालय सञ्चालन गर्दा धेरै सहज भएको बताए ।

स्थानीय सेवाग्राही दण्डपाणि पाठकले आफ्नै वडा कार्यालयबाट सेवा लिन पाउदा सहज भएको र जनशक्ति बढाउन आवश्यक रहेको बताउछन । बाँकेको कोहलपुर नगरपालिका विकासका दृष्टिले पश्चिम नेपालको बिकासोन्मुख शहरको रुपमा आफ्नो पहिचान बनाउदै छ । नगरपालिकाले अघि सारेका गौरवका योजनाहरु समयमा सम्पन्न गर्नको लागि सबैको सहकार्य हुन आवश्यक छ । सदरलाइन

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech