१५ चैत्र २०८०, बिहीबार

कृषकका समस्या समाधान गर्न मन्त्रालय कटिबद्ध छ – कृषि मन्त्रि पौडेल
  • न्युज मानसराेवर

बाँके बैजनाथ । लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि आरति पौडेलले स्मार्ट कृषि गाउँलाई प्रदेशकै नमुना हुनेगरी बनाउन किसानलाई आग्रह गरेकी छन ।

आज शुक्रबार नेपालगन्जमा स्मार्ट कृषि गाउँ कार्यक्रमका सरोकारवालाहरुसगं गरिएको अन्तरक्रियामा बोल्दै कृषि मन्त्रि पौडेलले काम गर्ने क्रममा कुनै समस्या आए तत्काल समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताउदै स्मार्ट कृषि गाउँले कृति राख्ने भन्दा पनि किसानको गोजि भर्न तिर काम गर्नपर्नेमा जोड दिनुभयो ।

स्मार्ट कृषि गाउँलाई नमुना बनाउने किसानले नै भएकाले किसानले आफुलाई चाहिएको सामाग्री मात्र माग गरि खरिद गर्न आग्रह गर्नुभयो । मन्त्रि पौडेलले छिटटै कृषि अनुदान व्यवस्थापन ऐन आउन लागेकाले हालसम्म आएका समस्या पनि विस्तारै समाधान हुदै जाने बताउनुभएको थियो । मन्त्रि पौडेलले पुर्वाधार क्षेत्रमा धेरै लगानि भैसकेकाले अब उत्पादन बढाउन तर्फ ध्यान दिन निर्देशन दिनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेले आयोजना गरेको कार्यक्रममा प्रदेश साम्सद आइपि खरेलले कृषिमा उत्पादन तिर किसानले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले लिएको उदेश्य तिर ध्यान दिनपर्नेमा जोड दिनुभयो । किसानको काम परिमाणमुखि बनाउन सम्बन्धित निकायले पनि जोडतोडका साथ काम गरि प्रतिफल दिन तर्फ लाग्नुपर्ने उहाँको भनाई थियो ।

जिल्लाका सबै स्थानिय तहमा स्थापना भएका स्मार्ट कृषि गाउँका प्रतिनिधिहरुले आफनो स्मार्ट गाउँको कार्य प्रगति बारेमा प्रस्तुति राखेका थिए । स्मार्ट कृषि गाउँ कार्यक्रम आइसकेपछि किसानले गर्ने कार्यमा धेरै फरकपन आएको सितापुर स्मार्ट कृषि गाउँ खजुराका संयोजक लालबहादुर खत्रिले बताउनुभयो ।

यो वर्षको सम्झौता अझै हुन नसकेका कारण थप प्रगति गर्न कठिन भएको जानकी गाउँपालिका वडा नम्बर १ मा रहेको बाखा स्मार्ट कृषि गाउँका संयोजक इन्द्र बहादुर थापाले गुनासो गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारु, बैजानाथ गाउँपालिकाका उप प्रमुख सारदा रेग्मी विक, नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बुद्धि सागर सुवेदी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारी, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल लगाएतको उपस्थिती थियो ।

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech