१३ बैशाख २०८१, बिहीबार

बाँकेको नरैनापुरमा परीक्षण शून्य

 न्यूनतम सुरक्षाहरुको पालना लाई अनिवार्य गरेका कारण संक्रमणलाई नियन्त्रणमा ल्याउन सफल भइएको   नरैनापुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जगं  शाही

  • न्युज मानसराेवर

बाँके नरैनापुर  । पहिलो चरणमा हटस्पट बनेको बाँकेको दुर्गम नरैनापुर गाउँपालिका र नेपालगन्जसँग जोडिएको डुडवा गाउँपालिकामा कोरोना संक्रमण शून्यमा झरेको अभिलेख सार्वजनिक गरिएको छ ।

लामो समयदेखि कोरोनाको संक्रमण नदेखिएको भन्दै नरैनापुरले विद्यालय खोल्ने तयारी गरिरहेको छ । तर, संक्रमण शून्यमा झर्नुको कारण भने कोरोना नियन्त्रण भइसकेको होइन ।

ती पालिकामा पीसीआर परीक्षण गर्न पूर्ण रूपमा बन्द गरिएपछि संक्रमण शून्यमा झरेको देखिएको हो । रैनापुरमा गत जेठसम्म संक्रमितहरूको संख्या एक सयभन्दा नाघेको थियो । एक जनाको मृत्यु भयो ।

सबै वडाहरुका टोल टोलमा जनचेतनाका गतिविधिहरु संचालन गरिएको र नाकामा कडाइ गरिएका कारण  कोरना संक्रमण नियन्त्रण गर्न सफल भइएका छौँ, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमत शाहले भने ।

न्यूनतम सुरक्षाहरुको पालना लाई अनिवार्य गरेका कारण संक्रमणलाई नियन्त्रणमा ल्याउन सफल भइएको   नरैनापुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जगं  शाहीले भने  ।’  अब नियन्तरता नै कोरना संक्रमणको अत्य हुने विश्वास छ उनले भने ।

त्यस्तै डुडवामा पनि संक्रमितहरूको संख्या बढेपछि आइसोलेसन अभाव भएको थियो । सरकारले कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्रै पीसीआर परीक्षण गर्ने निर्देशिका ल्याएयता नरैनापुर र डुडवाका कसैले पनि परीक्षण नगराएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखले जनाएका छन् ।

‘पहिलो चरणमा कोरोनाको संक्रमण क्वारेन्टाइनमा फैलिँदा धौधौ भएको थियो । तर, तीनरचार महिनायता एक जना पनि परीक्षणका लागि आएका छैनन्,’ नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँले भने, ‘कोरोनाको लक्षण छ भनेर पनि कोही सम्पर्कमा आएका छैनन् ।’ सुरुमा क्वारेन्टाइन धान्नै समस्या भएको पालिकामा अहिले कोही पनि क्वारेन्टाइन र आइसोलेसनमा छैनन् । फोटो प्रमुख प्रशासकिय अधिकृतको फेसबुक बाट  

 

 

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech