१५ बैशाख २०८१, शनिबार

एभरेष्टले सम्पन्न गर्यो १३ औं वार्षिक साधारण सभा

स्थानीय सरकार सहकारी नीति प्रति सदैव प्रतिवद्ध र सहकार्यका लागि आतुर गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  एभरेष्ट कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले स्थानीय सरकार सहकारी नीति प्रति सदैव प्रतिवद्ध
र सहकार्यका लागि आतुर रहेको बताएका छन् ।

आर्थिक रुपान्तरणका लागि सहकारीले खेल्ने भूमिकाको उच्च मुल्याकन स्थानीय सरकारले सदैव गरेको र गर्ने छ रुचालले भने,आर्थिक रुपान्तरण र गरिबी निवारण गर्न स्थानीय सरकार स्थानीय सहकारीहरुसंग हातेमोलो गर्न लालाहित छ उनले भने ।

बाँकेको बैजनाथ गाउँपालिका कार्यथलो बनाएको एभरेष्ट सहकारीले खुद नाफा  अठार लाख पचास  हजार गर्न सफल भएको छ ।

१  हजार शेर सदस्य रहेको सहकारीले कूल बैक मौजात ३ करोड १५ लाख गर्न सफल भएको लेखा समितिको संयोजक शेर बहादुर रोक्काले आर्थिक प्रतिवेदन उल्लेख गरेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले देशको आर्थिक मेरुण्ड बलियो बनाउन सहकारीमा आवद्ध शेर सदस्यहरु उत्पादनमा जोडिन आवश्यक रहेको औल्याए ।

सहकारीका अध्यक्ष देव बहादुर के.सीले सहकारी लाई थप उत्पादन मुखी र नाफा मुखी बनाउन कार्य समिति सदैव क्रियाशिल बन्ने धारण राखे उनले स्थानीय सरकार संगको सहकार्य लाई निरन्तरता दिदै आर्थिक रुपान्तरण गर्न स्थानीय सरकारको सहयोग आवश्यक हुने धारणा राखे

वार्षिक साधारण सभामा बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष वडा न ६ का अध्यक्ष शिक्षक , समाजसेवी लगाएतले  धारणा  राखेका थिए । फोटो माधन रिजालको फेसबुक बाट 

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech