१३ बैशाख २०८१, बिहीबार

बाँकेमा धान खरिद सुरु
  • न्युज मानसराेवर

बाँके ।  बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेको छ । सस्थानले धान खरिद सुरु गरे सगै धान विक्रिका लागी आउनेहरुको भिडभाड बढेको छ ।

कम्पनीले मोटा धान २ हजार ७ सय ३५ र मध्यम धान २ हजार ८ सय ८५ मुल्यमा खरिद गरिरहेको छ । धान खरिद गर्नका लागी कम्पनीले शनिबार बाहेक हरेक दिन विहान ९ बजेदेखि ४ बजेसम्मको समय छुटयाएको जनाएको छ ।

धान विक्रि गर्न आउनेहरुले आफनो परिचय खुल्ने परिचयपत्र लिएर आउनुपर्ने कम्पनीले जनाएको छ । सरकारले तोकेको न्युनतम समर्थन मुल्य अनुसार नै धान खरिदको कार्य शुरु गरिएको मुख्य शाखा प्रमुख निर्मल थापाले जानकारी दिए ।

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech