१३ बैशाख २०८१, बिहीबार

आफु भित्र उत्प्रेरणा खोजिराखौं
  • न्युज मानसराेवर

बाँके बैजनाथ । जीवनमा सबैभन्दा ठूलो सफलताको आधार भनेको उत्प्रेरणा हो । कुनै पनि कामको लागि हामीमा हीनताबोध भयो भने त्यसमा हाम्रो असफलता निश्चित छ । त्यसैमाथि अरुले हतोत्साहित गराएको भरमा हामी पनि झनै उदास बन्न थाल्यौं भने जीवनमा असफलताको सुरुवात त्यही बिन्दुबाट हुन्छ ।

जब कुनै काम बोझिलो हुन्छ हामीले आफैँलाई दुईवटा प्रश्न गर्नुपर्छ, पहिलो लक्ष्य प्राप्त गर्न तपाईंले कोबाट प्रेरणा पाउनुभएको हो र उत्प्रेरणाको लागि तपाईंलाई ककसले सहयोग गर्छ रु दोस्रोमा तपाईंले आफ्नो लक्ष्य प्राप्तिका लागि कत्तिको ऊर्जा खर्च गर्नुभएको छ  ?

उत्प्रेरणा कायम राख्न के–के कुरामा ध्यान दिने ?

यदि तपाईंलाई लाग्छ कि तपाईंले गरिरहनु भएको काम ध्यान दिएर गरिरहनु भएको छैन वा आवश्यक कामभन्दा अर्कै दिशातर्फ गइरहनुभएको छ भने पक्कै पनि तपाईं उत्साहीनताको शिकार भइरहनु भएको छ ।

यदि त्यस्तो हो भने पनि तपाईंले यो कुरा बिर्सनुहुन्न कि तपाईं एक्लै त्यस्तो मान्छे होइन जो उत्साहहीनताको शिकार भइरहनुभएको छ ।

सबैजनाले आफ्नो जीवनको कुनै न कुनै समयमा यस्तो अनुभव गर्छन् । त्यो समयमा उनीहरूलाई एउटा गुणस्तरीय मार्गदर्शकको आवश्यकता पर्छ ।

आत्मप्रेरणाको लागि तपाईंलाई यो बुझ्नु महत्वपूर्ण हुन्छ कि तपाईंले सो काम कसको प्रेरणाले गर्दै हुनुहुन्छ । जोकोही व्यक्तिले पनि अरु कसै न कसैको प्रेरणाबाट तपाईंले सो काम गर्नुहुनेछ । यस्तो प्रेरणा पनि दुई किसिमको हुन सक्छ । एउटा प्रेरणा आन्तरिक हुन्छ । जुन आफूले गरेको काममा माया गरेर आफैंले सो कामलाई प्रेम गर्नु र बाह्य कारण भनेको अरु कसैले गरेको सफलतालाई हेरेर नयाँ काम सुरु गर्नु ।

हरेस नखानुहोस्, सफलता पक्कै हात पर्नेछ

जीवन सत्य हो । जसरी २४ घण्टामा दिन र रात अवश्य हुन्छ, त्यसरी नै जीवनमा सधैं एउटै परिस्थिति रहँदैन भन्ने एउटा शाश्वत सत्य हो । कहिले दिन लामो हुन्छ त कहिले रात, बस् फरक यत्ति हो ।

यसरी नै जीवनमा सधैं सफलता हात पार्न सकिँदैन । यसको लागि जब तपाईंले नयाँ व्यवसाय सुरु गर्नुहुन्छ त्यसमा सफलता मात्रै नभएर असफलतालाई पनि पहिले नै सोचेर अघि बढ्नुहोस् । काममा सफलता प्राप्त हुन्छ भने असफलता पनि पक्कै हुन्छ । असफलताविनाको सफलता दिगो हुँदैन । असफलताको समयमा तपाईं निराश महसुस गर्दै हुनुहुन्छ, यो स्थिति सधैं रहँदैन भन्ने पनि बुझ्नुपर्छ ।

त्यसैले निराश हुनुको सट्टा तपाईंको मनमा केही चीज केन्द्रित गर्न केही समय खर्च गर्नुहोस् । जस्तै, संगीत, चित्रकला, बागवानी, आदि । केही समय पूर्ण आराम पनि गर्न सक्नुहुनेछ । प्रेरणादायक मान्छेसँग मात्रै भेटघाट गर्नुहोस् । यस समयमा आफ्नो लक्ष्यको बारेमा पढ्नुहोस्, सोच्नुहोस्, केही अर्थपूर्ण योजनाहरू बनाउने प्रयास गर्नुहोस् ।

आशावादी हुनुहोस्

नकारात्मक विचारहरूले तपाईंको सम्पूर्ण ऊर्जा खोसेको हुन सक्छ । यससँग सम्बन्धित एउटा कथालाई सान्दर्भिक मान्न सकिन्छ । जहाँ एउटा डाक्टरले खुट्टामा समस्या देखिएकी एउटी केटीलाई भने ‘तिमी अब कहिलै पनि चल्न सक्दैनौ । निराश केटीको एउटा साथीले उनलाई भने कि यी डाक्टरहरूले तिम्रो समस्याको उपचार त गरेनन् तर तिमीबाट एउटा चीज चोरे ।’

बिरामी केटीले सोधी “के?“

साथीले जवाफ दिए “आशा’’

त्यसपछि सो केटीले फेरि आफ्नो आशा जागृत गरिन् । चिकित्सकले अब चल्दैन भनेपछि जतिदिन चल्छ चलाउँछु भनेर ती केटीले नियमित अभ्यास गर्न सुरु गरिन् । नियमितको अभ्यासले उनमा त्यो दुखाइ पनि कम भयो र चिकित्साविज्ञान असफल भयो ।

यसको अर्थ यदि तपाईं सधैं आफ्नो लक्ष्यको बारेमा आशावादी हुनुहुन्छ भने यो आशा तपाईंको प्रेरणा बन्छ । यदि तपाईंसँग नकारात्मक विचारहरू छन् भने यसको बारेमा धेरै सोच्न छाडिदिनुहोस् ।

जब तपाईं सँगै धेरै कार्यहरू गर्नुहुन्छ, तब तपाईंको ध्यान विशेष कार्यमा विकेन्द्रीकृत हुन्छ । यससँग तपाईं कुनै लक्ष्य प्राप्त गर्न असक्षम हुनुहुन्छ र सजिलै उत्साहीनताको शिकार हुनुहुनेछ । यदि तपाईंलाई कामको लागि तपाईंको उत्साह कम भएको जस्तो लाग्छ भने त्यसले तपाईंको दिमाग वरिपरि चलाउनुको सट्टा एक पटकमा केवल एक लक्ष्यमा ध्यान दिनु उपयुक्त हुन्छ । यसका साथ तपाईंको ध्यान र ऊर्जा एक ठाउँमा खर्च हुनेछ, ताकि तपाईं सजिलै लक्ष्य प्राप्त गर्न सक्नुहोस् ।

निराशा हार्नेछ तपाईंको हौसला देखेर

निराशाको समयमा पढ्नुहोस्, सोच्नुहोस् र सफल व्यक्तिहरूको बारेमा कुरा गर्नुहोस्, जो आफ्नो लक्ष्यमा पुगिसकेका छन् । राम्रो प्रेरणादायक पुस्तकहरू पढ्नुहोस्, तिनीहरूको जीवनी र संघर्षमा ध्यान दिनुहोस् । तपाईंले देख्नुहुनेछ कि हरेक सफल व्यक्ति एकपटक असफल भएको छ । सो व्यक्तिको जीवनीले तपाईंमा उत्प्रेरणाको रूपमा काम गर्छ । त्यसैले निराशालाई हौसलाले हराउन सकिन्छ ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech