७ बैशाख २०८१, शुक्रबार

आइसिसीको ‘एसोसिएट प्लेअर अफ द डिकेड’ अवार्डका लागि नेपालका पूर्वकप्तान खड्का मनोनित
  • न्युज मानसराेवर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसिसीको एसोसिएट प्लेअर अफ द डिकेड अवार्डका लागि मनोनित भएका छन् । आइसिसीले सार्वजनिक गरेको छ जना मनोनितहरुमा खड्काको नाम पनि समावेश भएको छ ।

आइसिसीले सार्वजनिक गरेको सूचीमा नेपालका पूर्वकप्तान खड्कासँगै स्कटल्याण्डको राष्ट्रिय टिमका क्याप्टेन कायले कोइट्जर, स्कटल्याण्डकै अर्का क्रिकेटर कलुम स्कट म्याकलिअड र रिची बेरिङ्गटन तथा पपुवा न्यू गिनीका कप्तान असद भाला र नेदरल्याण्का पूर्वकप्तान पिटर बोरेन मनोनित भएका हुन् ।

आइसिसीले अवार्डका लागि भोटिङ खुल्ला गरिसकेको छ । अवार्डमा आइसिसीको वेबसाइटमार्फत मनोनितहरुलाई भोट गर्न सकिने छ । आइसिसीले भोटमार्फत मनोनित छ जनाबाट दशकको उत्कृष्ट क्रिकेट खेलाडी छनोट गर्नेछ ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech