८ बैशाख २०८१, शनिबार

विपन्न परिवारका लागि घर निर्माण शुरु
  • न्युज मानसराेवर

बाँके बैजना । शहरी विकास तथा भवन कार्यालयले जनता आवास कार्यक्र अन्तर्गत बाँकेका गरिव तथा विपन्न परिवारका लागि घर निर्माण शुरु भएको छ । बाँके क्षेत्र नं। २ बाट विजयी संघीय सांसद तथा पूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा बसेको बैठकले सुरक्षित नागरिक आवास निर्माण गर्ने निर्णय गरेपछि घर निर्माण शुरु भएको हो ।

विक्रम सम्वत् २०७१ सालमा राप्ती नदीमा आएको बाढीले घर भत्काएका परिवारको घर निर्माण सुरु भइसकेको सांसद राईले बताए । उनले बाँके क्षेत्र नं। २ मा बाढीपीडितका लागि ८ सय ८० वटा घर निर्माण गरिने बताए ।

त्यसैगरि, अति विपन्न तथा गरिव ७ सय ६३ वटा घर निर्माण गरिन लागेको पूर्वमन्त्री समेत रहेका राईले बताए । सोही कार्यक्रमअन्तर्गत डुडुवा गाउँपालिकाको ६ वटा वडामा तीन सय ९९ र बाढी प्रभावितहरुका लागि ८ सय २ वटा घर निर्माण हुने भएको छ भने, नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडामा ३ सय ६४ र बाढी प्रभावितका लागि ७८ वटा घर निर्माण कार्य अघि बढिसकेको राईले जानकारी दिए ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech