१६ चैत्र २०८०, शुक्रबार

खजुरा गाउँपालिकाका विद्यालय १४ गतेदेखि संचालन हुने
  • न्युज मानसराेवर

बाँके बैजना मंसिर । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका खजुरा क्षेत्रका विद्यालय संचालनमा आउने भएका छन् । मंसिर १४ गतेदेखि संस्थागत, निजी र मदरसा संचालनमा ल्याउने निर्णय भएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लका अनुसार स्वास्थ्य सुरक्षाका विविध मापदण्ड अपनाएर विद्यालय संचालनमा ल्याउन लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय संचालन कार्यढाँचा २०७७ अनुसार गत कात्तिक २० गतेको निर्णय बमोजिम विद्यालय खोल्ने र बन्द गर्ने जिम्मेवारी स्थानीय तहमा निहित गरेपछि खजुरा गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

विद्यालय संचालनका लागि अपनाउनु पर्ने सबै सुरक्षाको मापदण्ड लागू गर्नुका साथै सुरक्षित भएर पठनपाठनको लागि सम्बन्धित विद्यालयलाई नै जिम्मेवारी दिइएको छ । यसरी विद्यालय संचालन गर्दा आउन सक्ने कुनै जटिलताका लागि स्वास्थ्य शाखासंग समन्वय गर्नुपर्ने छ । वडा र पालिका स्तरमा निरन्तर अनुगमन हुने जनाइएको छ । यसअघी   खजुराले वैकल्पिक सिकाइ प्रणाली लागू गरेको थियोे ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech