७ बैशाख २०८१, शुक्रबार

कौशि खेतीमा रमाउदै शाही
  • पवित्रा परियार

बाँके बैजनाथ ।  कौसि खेती घरको छतमा वा गमलामा तरकारी रोपेर गरिने खेती हो ।  अहीले शहर बजारमा गमलामा बिभिन्न तरकारीहरु फलाउने गरिरहेका हुन्छन् । त्यसकै एक उदाहरण हन कोहलपुर नगरपालिका वडा ११ बस्ने मौसमी शाही ।  विगत लामो समय देखि कौसि खेती गरि रहेकी छन।

बजारमा पाइने तरकारी स्वस्थकर नहुने भएपछि उनले आफ्नै कौसिमा तरकारी खेती शुरु गरेको उनले भनिन ।  शाहीले  अहीले आफ्नो कौसिमा हरियो खुर्सानी , बोडि , करेला , लौका , भान्टा ,काक्रा लगायतका तरकारीहरु फलाई रहेकी छन ।

आफ्नो घरको कौशीमा तरकारी फलाउन सके स्वस्थ तरकारी खान पाउनुका साथै फुर्सदिलो समयलाई समुपयोग गर्न  सकिन्छ उनले भनिन, ।

गमलामा बिभिन्न थरिका अर्गानिक तरकारी फलाउन धेरै गाह्रो नहुने र साना तरकारी देखि बिभिन्न मौसमी तथा बेमौसमी फलफुल समेत फलाएर घरको सुन्दरता सम्म वृद्धि गर्न सकीने शाहीको बुझाइ  छ ।

घरमा उत्पादन भएका कुहिएर जाने तरकारी तथा अन्य वस्तु बाटै मल बनाउने र त्यहि मल तरकारीमा प्रयोग गर्ने गर्न सकिन्छ  । बाहीर बाट ल्याएको तरकारी अर्गानिक  नहुने भएकाले आफुले फलाएका तरकारी आफ्नो परिवारको लागि र आफ्नो होटल व्यवसायिको लागि प्रयोग गर्छु  शाहीले भनिन    ।

इच्छाशक्ति र जाँगर भएमा घरको कौशीमा पनि तरकारी फलाउन सकीन्छ तरकारी खेती गर्नका लागि जग्गा जमिन नै आवश्यक पर्छ भन्ने हुदैन , भन्ने उदारण बन्न सफल भएकी छिन शाही   । कौशी खेतीको सुरुवात धेरै पहीले भएपनि यसप्रति अहीले धेरै मानिसहरुको चासो भने बढ्दो क्रममा रहेको छ । बिशेष गरेर शहर बजारमा बस्नेहरुले घरको कौशीमा तरकारी खेती गर्ने गरेको देखिन्छ ।

 

 

 

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech