७ बैशाख २०८१, शुक्रबार

साझेदारीमा स्वास्थ्य क्षेत्रको विकास गर्दै बैजनाथ
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकाले स्वास्थ्य चौकीहरुको स्तर उन्नती गर्ने भएको छ ।

जापान सरकारको सहयोगमा आड्रा जापान \ नेपाल र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) द्वारा बैजनाथ गाउँपालिका वडा न १ चिसापानी स्वास्थ्य चौकी र वडा नं.५ स्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रको स्तर उन्नती गर्ने पालिका स्तरीय समन्य समितिबाट बुधबार  निर्णय गरिएको हो ।

जापान सरकार विदेश मन्त्रालयआड्रा जापान \नेपालको साझेदारीमा वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) बाँकेले बाकेका ८ वटै स्थानीय तहमा काम गर्दै आएको छ ।

जिल्लामा सञ्चालित नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बैजनाथका गाउँपालिका का स्वास्थ्य चौकी मर्मतसम्भार र नवीकरण गर्न लागिएको हो (इन्रुडेक) बाँकेका अध्यक्ष धर्मलाल रोकायाले भने , स्तरउन्ती गरिने भवनहरुमा सुरक्षित प्रसूतिकक्ष, सुत्केरी सेवाकक्ष, निर्मलीकरण कर्नर, कर्मचारी आवासकक्ष लगायत बाथरुम, शौचालय, सेप्टिक ट्याङ्क, प्लासेन्टा पिट आदिको समेत निर्माण तथा स्तरोन्नति गरिने छ, पालिका स्तरीय समन्वयात्मक बैठमा रोकायाले जानकारी गराए ।

यसै गरी उक्त समन्वयात्मक बैठकमा विभिन्न निर्णयहरु समेत गरिएको छ ।  बैठकले गाउँपालिका रआड्रा जापान \नेपाल र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) विच स्वास्थ्य चौकीको स्तर उन्नती र भौतिक संरचना निमार्ण गर्न आवश्यक बजेट विनियोजन गर्ने समेत निर्णय गरिएको   छ ।

समन्वयात्मक बैठकमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले आड्रा जापान\ नेपाल र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) लाई धन्यवाद दिदै आम नागरिकहरुको आधारभूत स्वास्थ्य रहन पाउने अधिकार सुनिश्चित गर्नका लागि आवश्यक बजेट विनियोजन गर्दै आएको उनले भने ।

रुचालले  दातृय निकाय बाट हुने सहयोगले आम नागरिकहरुको स्वास्थ्य    क्षेत्रको विकास हुने आशा व्यक्त गरे  , कार्यक्रमले यहाँका नागरिकहरुले भोक्दै आएका  समस्या समाधान हुनेमा आफु विस्वस्त रहेको बताए ।

कार्यक्रममा उपाध्यक्ष शारदा रेग्मी विक ,वडा अध्यक्ष कार्यापालिका सदस्य प्रमुख प्रशासकिय अधिकृत ,लेखा अधिकृत ,योजना अधिकृत लगाएतको सहभागिता रहेको थियो ।

सन् २०१९ मार्चमा शुरु भई फेब्रुअरी २०२२ सम्म सञ्चालन हुने यस परियोजनाबाट बाँकेका पाँच लाख ६१ हजार ४९७ जना लाभान्वित हुने परियोजनाको कूल लागत रु १२ करोड ८६ लाख रहने छ ।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech