१९ बैशाख २०८१, बुधबार

महिलाहरुले शुरु गरे सरफाई
  • न्युज मानसराेवर

बाँके बैजनाथ । साना किसना सुढिडिकरण परियोजनामा आवद्ध महिलाहरुले  सामुयिक रुपमा सरसफाई कार्यक्रम गरेका छन् ।
बैजनाथ गाउँपालिका वडा न २ स्थित प्रगतिशिल महिला समुहको आयोजनामा नव किरण महिला समुह र सुनौलो महिला समुहको एकिकृत सहकार्यमा बृह्त सरसफाई कार्यक्रम गरेका हुन्  ।

बृह्त सरसफाई कार्यक्रममा बैजनाथ २ न वडा कार्यालय सदस्य भूमिशरा थापा मगर एकिकृत २० समुहको संयोजक लिला चन्द्र उत्पीडत सामुदायिक विकास केन्द्र प्रतिनिधि लगाएत को सहभागितामा मकैबारी टोलमा बृह्त सरसफाई कार्यक्रमा गरिएको हो  ।

वडा सदस्य भूमिसरा थापामगरले आफ्नो टोल लगाएतको सरसफाई निरन्तर  गर्न सुझाव दिइन् ,उनले कार्यक्रमलाई थप अन्य वडाहरुमा विस्तार गर्न आवश्यक रहेको समेत बताइन् ।


कार्यक्रममा उत्पीडित सामुदायिक विकास केन्द्रका निर्देशक रबि रोकायाले कार्यक्रम बाट सामाजिक पुजनीको विकास सगै आर्थिक रुपान्तरण भइरहेको बताए ।
रोकायाले बैजनाथ गाउँपालिकाको उदेश्य र मर्मका साथ कार्यक्रमलाई स्थानीय स्तरमा दिदीहरुले सामाजिक तथा आर्थिक पुजीको विकास गर्ने विश्वास लिएको समेत बताए ।


सना किसान सुढिडिकरण परियोजना अन्तगत समाजिक चेतानाको विकास सगै आर्य आजनमा बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र उत्पिडित सामुदायिक विकास केन्द्रको साझेदारीमा बैजनाथ वडा न १ देखी ५ वडा मा कार्यक्रमा संचालन छ ।

  • ११ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech