१६ चैत्र २०८०, शुक्रबार

रुचालले सेवन गराए बालिकालाई भिटामिन ‘ए’
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकाले आज र भोलि गाउँपालिका सबै वडाहरुमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस अघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्ने गर्थे। संघीयतापछि देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन्।

गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले  विहबार एक बालिकालाई खोप सेवन गराई  राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको  उद्घाटन गरे ।

स्वास्थ्य जीवन बनाउन खोप खानु पर्छ ल नानु अध्यक्ष रुचालले ती  बालिकालाई भने । ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा खुवाइने लक्ष्य बैजनाथ स्वास्य शाखाको  छ ।

शाखाले बैजनाथ गाउँपालिका वडा न १ देखी ८ सम्म भिटामिन ए ६ हजार १ सय ९८ बालबालिका खुवाउने लक्ष्य  राखेको छ भने ५ हजार ५ सय ४ जना बालबालिकाहरु लाई जुका को औषधि खावाउने लक्ष्य लिएको छ ।

लक्ष्य पाप्त गर्न   आज बाट हामी  फिल्डमा छौ , निर्धारित  खोप केन्द्रमा नआएका वा छुटेका बालबालिकाहरुको घरमा नै महिला स्वास्थ्य स्वयम   सेविका पुग्नु हुन्छ, सेवन गराउन शाहीले भने । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी ,स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाही लगाएत विभिन्न स्थानमा बालबालिकाहरु लाई खोप सेवन गराएका थिए ।

  • ११ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech