१३ बैशाख २०८१, बिहीबार

बाँकेमा शुक्रवार ४ जना मात्र डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा शुक्रवार ४ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १ पुरुष र ३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेशनमा बाँकेका १ सय ९९ र अन्य जिल्लाका ४९ गरी २ सय ४८ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ८ सय २४ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech