काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान जारी छ।
जिल्ला \ नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान जारी छ।
दिउँसो १ बजेसम्म कमलादीमा ८० प्रतिशत, टेकुमा ७० प्रतिशत र कार्की ब्याङ्केटमा ६५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए।
उनका अनुसार कमलादीमा १०५, टेकुमा १०१ र कार्की ब्याङ्केटमा ९०४ जना मतदाताले मत दिनेछन्। वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १२७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।