१५ चैत्र २०८०, बिहीबार

बैजनाथ गाउँपालिका भित्रका विद्यालय संचालनमा आए
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका शिक्षा शाखाको निर्देशनमा विद्यालय संचालनमा आएका छन् ।

सम्बन्धित वडका विद्यालयले स्थानीय वडा कार्यालयको सिफारिसमा प्रस्तावना तयारी गरी विद्यालय संचालनमा ल्याएका हुन् ।

प्रस्तावनामा विद्यालयमा प्रवेश र सावुन पानीले हात धुने मास्क अनिवार्य गर्ने जस्ता विषयहरु समावेश गरी विद्यालय संचालनमा ल्याइएको हो ।

बालबालिकाहरुलाइ संक्रमणबाट जोगाउँदै विद्यालय संचालन गर्ने समन्वय गरेका छौँ ,। बैजनाथ शिक्षा शाखाका विद्यालय निरिक्षक  विश्वराज ढकाल भने । बैजनाथ गाउँपालिकामा  मा वि र प्रावि गरी कुल ३७ को सख्यामा विद्यालय रहेका छन् ।  कोराेना संक्रमणका कारण यस अघि विद्यालय संचालनमा आएका थिएनन् ।

सुरक्षा मापदण्ड अपनाएर विद्यालय संचालन गरेका छौँ ,बैजनाथ गाउँपालिका ३ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रकान्ता न्यौपानेले जानकारी गराए ।   फोटो बैजनाथ ६ स्थित इश्वरी मा वि को पेज बाट 

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech