७ बैशाख २०८१, शुक्रबार

सशस्त्र द्वन्द्वका घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार
  • न्युज मानसराेवर

सरकारले सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र तराई मधेसमा भएको आन्दोलनका घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भएको जानकारी दिए ।

त्यसैगरि कोरोना भाइरस ९कोभिड–१९० महामारी सम्बोधनार्थ आगामी ३ देखि ४ डिसेम्बर २०२० मा हुने संयुक्त राष्ट्र सङ्घीय महासभाको विशेष अधिवेशनमा सहभागी हुन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी सोही बमोजिमको क्रेडेन्सियल महासभाको औपचारिक अभिलेख प्रयोजनका लागि पठाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

सरकारले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने, जिल्ला समन्वय समिति महासंघ नेपाललाई कार्यालय सञ्चालनका लागि १५ लाख अनुदान दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले मौरिससका एक नागरिकलाई गैरकानूनी रुपमा नेपाल बसेको भन्दै देश निकाला गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले मौरिससका राहुल पुन्चुलाई बुझाउनुपर्ने विलम्ब शुल्क ६ हजार १ सय ६० अमेरिकी डलर र जरिवाना २५ हजार रुपैयाँ मिनाहा गरी देशनिकाला गर्ने निर्णय गरेको हो ।

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech