१२ बैशाख २०८१, बुधबार

३३ औँ विश्व एड्स दिवस विविध कार्यक्रम गरी मनाइँदैं
  • न्युज मानसराेवर

काठमाडौं । आज ३३ औँ विश्व एड्स दिवस । एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरेर विश्वभर एड्स दिवस मनाइँदै छ ।

नेपालमा २९ हजार ५०३ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथांक छ । जसमध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन् ।

बालबालिका र वयस्कको संख्या १९ हजार ४१० छ । नेपालमा प्रतिवर्ष जोखिमयुक्त वर्ग ५ प्रतिशत तथा सामान्य जनसंख्यामा एचआईभी संक्रमणको दर शुन्य दशमलव १३ प्रतिशत रहेको छ ।

सीमा जोडिएका तराईका जिल्ला र सुदूरपश्चिम प्रदेशमा एचआईभी संक्रमितको संख्या धेरै रहेको केन्द्रले जनाएको छ । सन् २०३० सम्ममा नेपालबाट एड्सको महामारी अन्त्य गर्ने सरकारको रणनीति छ ।

  • १६ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech