१४ बैशाख २०८१, शुक्रबार

भेरीमा ५० हजार जनाको कोरोना परीक्षण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  भेरी अस्पताल नेपालगञ्जमा हालसम्म ५० हजार जनाको कोरोना परीक्षण  गरिसकिएको छ  ।

भेरी अस्पतालको प्रयोगशाला मार्फत हालसम्म ४९ हजार ८ सय ११ जनाको थ्रोट स्वाब नमूना परीक्षण भएको हो  ।

प्रयोगशालामा हालसम्म ४९ हजार ८ सय ११ जनाको थ्रोट स्वाब नमूना पुगेको र सोही नमूना परीक्षण गरिएको अस्पतालले जानकारी गराएको छ ।  परीक्षण भएकाहरुमध्ये ४५ हजार जनामा संक्रमण पुष्टि भएको हो ।  भने   ४५ हजार ३१ जनामा कोरोना संक्रमण फेला परेको  बताइएको छ ।

यसका साथै पश्चिम नेपालमै सबैभन्दा बढि कोरोना परीक्षण हुने प्रयोगशालाका रुपमा समेत भेरीको प्रयोगशाला रहेको छ । यो प्रयोगशालामा बाँके, बर्दिया, दांग, प्युठान लगायत उपचारका लागि बाँके आउने बिरामीहरुको स्वाब संकलन गरी कोरोना परीक्षण हुँदै आएको छ ।

यसैबीच पछिल्लो पटक प्रयोगशालामा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण फेला मंगलबार जारी गरेको सूचनामा जनाइएको छ । गत २४ घण्टामा प्रयोगशालामा ८० जनाको स्वाब परीक्षण हुँदा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरुमा बाँकेको नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारी, खजुरा, बर्दियाको बढैयाताल गाउँपालिका, ठाकुरबाबा नगरपालिका, स्वास्थ्य कार्यालय, सुर्खेतको बिरेन्द्रनगर, अछामको पञ्चदेवल, दैलेखको डल्लु, दांगको तुलसीपुर र कैलालीको टिकापुरका व्यक्तिमा कोरोना देखिएको हो ।

  • १६ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech