७ बैशाख २०८१, शुक्रबार

कान्छा दाई कोहलपुरमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको  कोहलपुरमा कान्छा दाई एप संचालनमा आएको छ । नेपालगन्जमा कान्छा दाई मोवाइल एप मार्फत रेष्टुरेन्टको स्वाद घर–घरमा विस्तार गर्दै आएको सेवा अब कोहलपुरमा समेत अर्डर अनुसार विभिन्न होटल एवं रेष्टुरेन्टको स्वाद घर–घरमा लिन पाइने भएको छ ।

कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत द्धारा अर्डर गरी कोहलपुरमा सेवाको विस्तार गरिएको हो ।

४ सय भन्दा माथी को अर्डरमा डेलिभरी सेवाको शुल्क नलाग्ने सो भन्दा तलको अर्डरमा डेलिभरी शुल्क लाग्ने संचालक गिरीधर गौतमले जानकारी गराए ।

‘गौतमले एप मार्फत घरमै बसेर कोहलपुर र नेपालगन्जका हरेक रेष्टुरेन्ट र होटलको स्वादिष्ट परिकारहरुको अनुभूति लिन सकिने ।, एउटै एप प्रयोग गरेर धेरै सेफको हातबाट बनेको स्वादिष्ट परिकार खान पाइन्छ, एपको  बिशेषता रहेको जानकारी गराए ।

हाल कोहलपुर २ र नेपालगञ्जमा ५ गरी सात जना कर्मचारी नियमितरुपमा कान्छादाईको सेवा विस्तारमा काम गरिरहेका छन् ।

  • १६ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech