११ बैशाख २०८१, मंगलवार

सामाजिक उत्तरदायित्व बहन गर्दै समुहका दिदीबहिनीहरु

नयाँ युगको सुरुवात भएको छ ।, सामुहिक रुपमा सानो सहयोगले पनि धेरै गर्न सकिन्छ भन्ने महशुस गर्यौं, हामीले थापाले हर्षित हुदै भनिन् ।

  • चादनी थापा मगर ,सिता जैशी

बाँके बैजनाथ ।  साना किसान सुढिडिकरण परियोजनामा आवद्ध महिलाहरुले सामाजिक उत्तरदायित्व बहन गरेका छन् ।
बाँके  बैजनाथ गाउँपालिका वडा न ४ का गठित लालिगुरास महिला (मुल) समुह र बहिनी समुहमा आवद्ध महिलाहरुले सामुहिक रुपमा नगद ४ हजार ४ सय १५ रुपैया आर्थिक सहयोग गरेका छन् ।

समुहका महिलाहरुले १०५ के.जी चामल , ५ केजी फलफुल, ५ केजी दाल तरकारी लगाएत सहयोग समेत गरेका छन् । समुहमा आवद्ध महिलाहरुले स्थानीय तुली लुहारलाई उक्त सहयोग गरी उत्तरदायित्व पुरा गरेका हुन् ।

 

तुली लुहारका श्रीमान आर्थिक जोह गरी परिवार पाल्दै आएका थिए ।  आर्थिक जोह गर्न भारत गएका बेला श्रीमान रिठु लोहको मृत्यु भएको थियो ।

आसुका धारा झादै तुली लुहारले  समुहका दिदी बहिनीहरुलाई  धन्यवाद व्यक्त गरिन् । तुली लुहारका ३ छोरा १ छोरी छन् ।

हामीले आज उत्तरदाहित्व वहन गरेका छौँ ।, लालिगुरास महिला समुहकी अध्यक्ष कमला थापाले भनिन् । नयाँ युगको सुरुवात भएको छ ।, सामुहिक रुपमा सानो सहयोगले पनि धेरै गर्न सकिन्छ भन्ने महशुस गर्यौं, हामीले थापाले हर्षित हुदै भनिन् ।

अन्य सबै समुदायमा आर्थिक रुपमा विपन्न दुःख पाएकाहरुलाई  सहयोग गर्ने बानीको विकास भए त्यो संकारका रुपमा एक दिन सबैमा त्यो चेतनाको विकास हुने छ विश्वास छ , साना किनास सुढिडीकरण परियोजना मा आवद्ध सामाजिक परिचालिका चादनी थापाले भनिन् ।

विगत फागुनमा गठित लालीगुरास महिला समुहले यस अघि समेत क्वारेटटाइन्मा रहेका नागरिहरुलाई सहयोग गरेका थिए । समुहले सामुदाहिक काम गर्ने,बैठक बस्ने ऋण लगानी गर्ने बानीको विकास गरी आर्थिक रुपान्तरण को समेत नमुना बन्दै गएको छ ।

समुहले थप ५  वटा समुह गठन गरी उपहार स्वरुप रजिस्टर पेन बैठक संचालन विधि बारे सहजीकरण गर्ने जस्ता उदाहरणीय कार्य गर्दै आएका छन् ।

 

बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा बैजनाथ १ देखी वडा न ५ सम्म २ हजार परिवारमा हाल साना किसना हरुलाई आत्म निर्भर बनाउने  उदेश्यले साना किसान  उद्यमी  सुढिडिकरण परियोजना संचालन गरिएको छ ।

 

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech