११ बैशाख २०८१, मंगलवार

अध्यक्ष रुचालले गरे सहकार्यका लागि आह्वन

बैजनाथ गाउँपालिकाले मनायो २९ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितताःअपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बिहीबार अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तराष्ट्रिय दिवस बैजनाथमा अन्तर संवाद सहित अन्तरक्रिया गरी सम्पन्न भएको छ ।

यो नारा नेपालका लागि नेपाल सरकारले तय गरेको हो ।  अन्तराष्ट्रिय दिवसको पूर्वसन्ध्यामा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा  बैजनाथले आयोजना गरेको अन्तर संवादमा तथा अन्तरक्रियामा प्रमुख अतिथि  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले सबै निकायहरु लाई सहकार्यका लागि आह्वन गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिको परिचय पत्र र उनीहरुका लागि शशत्तिकरण का कार्यक्रमले मात्र पुग्दैन  अब  समाजमा रहेका समाजसेवि सचेत नागरिक समाज ,दातृय निकाय तपाई हामी सबै संकल्प गरे  धरै परिवर्तन गर्न सकिन्छ, उनले भने ।

बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले बर्तमान अवस्थामा सामाजिक चेतनाको अभावका कारण अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेका समास्य बारे आफ्नो धारण राखे  । ऐडीले   समयको माग अनुरुप  अपाङ्गता भएका व्यक्तिको क्षमता बृद्धिमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको औल्याए । ऐडीले अपाङ्गता भएका व्यक्तिको अधिकार नेपालको संविधानले प्रत्याभूत अनुरुम गृहकार्य स्थानीय सरकार बाट भइरहेका समेत बताए ।

अन्तर संवाद कार्यक्रममा अपाङ्गता अभियान्ता धिरेन्द्र विकले बैजनाथ गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ   अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न  स्थानीय सरकार संग आग्रह गरे ।

विकले नीतिगत रुपमा स्थानीय स्तरमा हुने विकासमा समेत अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण सहभागिताको व्यवस्ता तय गर्न स्थानीय सरकार सँग माग समेत गरे ।   अन्तरसंवादमा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक वडा अध्यक्ष आर्थिक विकास समति संयोजक गुमान बहादुर दमाई, अपाङ्गता संञ्जालका प्रतिनिधि लगाएतले आफ्नो धारणा राखेका थिए ।  सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech