१५ चैत्र २०८०, बिहीबार

कोरोनाका कारण सुर्खेतका एक जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोनाका कारण सुर्खेतका एक जनाको नेपालगञ्जमा मृत्यु भएको छ । भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७० बर्षीय पुरुषको बिहीवार विहान १० बजेर ५६ मिनटमा भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी मंसिर ८ गते अस्पताल भर्ना भएका थिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार योसँगै जिल्ला बाहिरबाट बाँकेमा उपचार गराउन आएका मृतकको संख्या ५४ पुगेको छ ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech