१५ चैत्र २०८०, बिहीबार

बैजनाथमा मौरी पालन तालिम शुरु
  • चादनी थापा

बाँके बैजनाथ ।  र्बैजनाथ गाउँपालिका स्तरीय ३ दिने मौरी पालन तालिम संचालन गरिएको छ ।  बैजनाथ कृषि शाखाको आयोजनमा उक्त तालिम संचालन गरिएको हो ।

मौरीपालन एक कृषि पेशा हो। यो पेशा महका साथै मैन जस्ता बस्तुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा १५,००० बर्ष अघिदेखि जगंली मौरीबाट मह संकलन गर्दै आएका थिए तर आज भन्दा ४,५०० बर्ष अघिदेखि मौरीलाई घरमै पाल्न थालियो  ।त्यसबेला सदन छुरि र धुवाको प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन थियो। बैजनाथ आर्थिक विकास समिति संयोजक लक्ष्मी थारुले कार्यक्रममा भनिन् ।  थारुले आर्थिक रुपमा सवल बन्ने पेशा मध्य एक मौरी पालन रहेको बताईन् ।

कार्यक्रममा बैजनाथका ८ वटै वडा बाट कृषक हरुको छनोट गरी तालिमको आयोजना गरिएको बैजनाथ कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले जानकारी गराए ।  कार्यक्रमा बैजनाथ गाउँपालिका वडा न ३ मा संचालन गरिएको छ ।

१८ औं शताब्दीमा युरोपियन नागरिकहरूले मौरीको बारेमा बुझ्दै पेशालाई सन् १८५१ मा आधुनिक घारको निर्माण गरे, जस्मा मौरीलाई असर नपु¥याई वा नष्ट नगरी मह निकाल्न सकिन्थ्यो । यस पेसाका लागि धेरै जग्गा वा लगानीको अवश्यकता पर्दैन। यो पेसा कम मेहेनतले पनि सजिलै गर्न सकिन्छ ।

मौरीको २०,००० भन्दा बढी प्रजातिहरू छन्। यि मध्ये धेरै शान्त स्थानमा वा एक्लै बस्न मन पराउछन्। केही मौरीहरू जंगली हुन्छन् जस्तैः खागो (खाग) कृषि प्रमुख शाखा  विश्वकर्माले भने ।

विश्वमा खाद्य उत्पादन र खाद्य सुरक्षाको जिम्मा मौरीले लिएको मानिन्छ। किसानहरूका लागि मित्र किराको नामले चिनिने मौरीले विश्वका सात अर्ब मानिसले दैनिक उपभोग गर्ने तेल, दाल, चामल, फलफूल, मसला लगायतका वस्तुहरूलाई परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकैसाथ गरिरहेको हुन्छ।

पछिल्लो समय विभिन्न कारणले विश्वमै मौरी घट्दै गएको तथ्याङक्हरु सार्वजनिक भइरहेका छन्। विकसित तथा विकासोन्मुख मुलुकका सरकारले माहुरी विनाको मानव समाजको कल्पनाबाट सचेत भएर माहुरी नीतिमा लगानी बढाएका छन्। नेपाल भने निजी र सहकारी क्षेत्रको माहुरीपालनमा मात्र सन्तुष्ट भएर बसेको छ । सरकारी तवरबाट खासै त्यस्ता प्रकृतिका योजनाहरुको पहलकदम लिइएको छैन।

 

  • २१ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech