१३ बैशाख २०८१, बिहीबार

अब सगरमाथाको उचाइ(८८४८.८६ मिटर)
  • न्युज मानसराेवर

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर (८८४८.८६ मिटर) कायम भएको छ। मंगलबार नयाँ उचाइ घोषणा गरिएको हो।

नेपाल र चीनद्वारा संयुक्तरुपमा नयाँ उचाइ घोषणा गरिएको हो। नापी विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन्।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।

सन् १९५४ मा भारतको सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ नापेको थियो । त्यसयता सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको थियो।

  • २३ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech