बाँके बैजनाथ । कोहलपुर नगरपालिकाको आयोजनामा एकदिने भुमि सम्बन्धि अभिमुखिकरण कार्यक्रम कोहलपुर सम्पन गरिएको छ ।
प्रमुख अथिती भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक शोभाराम बस्नेतको सहभागिता रहेको थियो ।
नगरपालिकाका नगर प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा, गरिएको बृह्त छलफलमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल उपाध्क्ष शारदा रेग्मी विक प्रमुख प्रशासकीय अधिकृत ,खजुरा गाउँपालिका अध्यक्ष किस्मत कक्षपति , स्थानीय निकाय प्रमुख उप प्रमुख लगाएतको सहभागिता जनाएका थिए ।
नेपाल सरकारले पहिलो चरणमा भूमि समस्या समाधान गर्न बाँके जिल्ला लगाएत एक सय स्थानीय निकायमा काम गर्ने बताइएको छ । अभिमुखिकरण बारे कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक डिल बहादुर परियारले आफ्नो फेसबुकमा उल्ल्लेख गरेका छन् ।