१६ चैत्र २०८०, शुक्रबार

वन्यजन्तु संरक्षणमा युवाको भूमिका बारे अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  संरक्षणका लागि युवाहरु पहिलो आधार भन्ने  सहभागीहरुले  एक कार्यक्रममा  जोड दिएका छन् ।

समुदायमा  जीव ,वनस्पति  संरक्षण गर्ने  सोचको विकास गर्दै आफु र आफ्नो समुदायको परिवर्तनकालागि युवाहरुको भूमिका अपरिहार्य रहेको  अन्तरक्रियामा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले आफ्नो धारणा राखे ।

शाहले भने यसको संवाहक युवाहरु नै हुन । अन्तरक्रियामा  बोल्दै  शाहले समुदायमा नै संरक्षण सचेतना भयो भने संरक्षण अपराध नियन्त्रण हुने  छ ,उनले
भने  ।

राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने मध्यवर्ती क्षेत्रमा रहेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जालको आयोजनामा  संचालित अन्तरक्रिया  युवाहरुका निम्ति  अवसर र  सम्भावनाका  रूपमा लिनु पर्छ , चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जाल  अध्यक्ष कृष्ण चौधरीले भने उनले  जैविक विविधता संरक्षाणामा सहभागि हुन  पाउनु र हरित  उद्यम मार्फत रोजगार र स्वरोजगार सृजना गरिनु पर्ने  बताए ।

मध्यवर्ती क्षेत्रमा १० हजार युवाहरु रहेको र ति युवाहरुलाई संरक्षण अभियानमा सहभागिता गराउन बाँके राष्ट्रिय निकुञ्जले पहल गर्न आवश्यक रहेको कार्यक्रममा आफ्नो धारणा राखे ।

मध्वर्ती ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले संरक्षणका लागि सरोकारवालाहरु राष्ट्रिय निकुञ्ज, नेपाली सेना र मध्यवर्ती क्षेत्रका जनसमुदाय बिचको सुमधुर संरक्षण सम्बन्ध कायम गरिनु पर्ने   बताए ।  खड्काले संरक्षण अभियान सँगै युवा लक्षित कार्यक्रमका लागि संरक्षण साझेदार संघसस्थासग  आग्रह गरे ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा संचालित  अन्तरक्रिया कार्यक्रममा युवाहरुलाई खेल सामाग्री समेत वितरण गरिएको  थियो ।  कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री श्रीमेहर गणका गणपती जीवन शर्मा लगाएत स्थानीय युवाहरुको अन्तरक्रियामा  सहभागिता रहेको थियो ।

  • २३ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech