बाँके बैजनाथ । नरैनापुर गाउँपालिकामा ५ दिने अभिमुखिकरण तालिमको संचालन गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरले विकासमा अनलाइन प्रणालीको महत्व रहेको बताउदै व्यवस्थित रुपमा सामाजिक सुरक्षा भत्ता लगाएत का तथ्याक राख्न गाउँपालिकाले ५ दिने अभिमुखिकरणको आयोजना गरेको बताए ।
सामाजिक सुरक्षा भत्ता लाभग्राही र व्यत्तिगत घटना दर्ता अनलाइन विधि बारे उक्त तालिममा सहजीकरण गरिने नैरनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।
अभिमुखिकरणमा प्रत्येक बडा को बडा सचिव सहयक कर्मचारी गरी २ जना अनिवार्य गरे्का छौ , शाहीले भने ।
अभिमुखिकरणमा १७ जना कर्मचारीको सहभागी रहेका छन् ।
नरैनापुर गाउँपालिकामा इन्टरनेटको पहुच अभाव रहेका कारण नेपालगञ्जमा अभिमुखिकरण संचालन गरिएको छ ।