१६ चैत्र २०८०, शुक्रबार

नरैनापुरमा ५ दिने अभिमुखिकरण संचालन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नरैनापुर गाउँपालिकामा ५ दिने अभिमुखिकरण तालिमको संचालन  गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले   नरैनापुरले विकासमा अनलाइन प्रणालीको महत्व रहेको बताउदै  व्यवस्थित रुपमा सामाजिक सुरक्षा भत्ता लगाएत का  तथ्याक राख्न गाउँपालिकाले ५ दिने अभिमुखिकरणको आयोजना गरेको बताए ।

सामाजिक सुरक्षा भत्ता लाभग्राही र व्यत्तिगत घटना दर्ता अनलाइन विधि बारे उक्त तालिममा सहजीकरण गरिने  नैरनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत  अधिकृत महेन्द्रजंग शाहीले  जानकारी दिए ।

अभिमुखिकरणमा प्रत्येक बडा को बडा सचिव सहयक कर्मचारी गरी २ जना अनिवार्य गरे्का छौ , शाहीले भने ।

अभिमुखिकरणमा १७ जना कर्मचारीको सहभागी रहेका छन् ।

नरैनापुर गाउँपालिकामा इन्टरनेटको पहुच अभाव रहेका कारण नेपालगञ्जमा अभिमुखिकरण संचालन गरिएको छ ।

  • २३ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech