१२ बैशाख २०८१, बुधबार

न्यायको खोजिमा पत्रकार सम्मेलन
  • सरला सुवेदी

कोहलपुर ।  उपकार लघुबित्तमा बिगत एघार बर्षदेखी फिल्ड सहायक हुँदै शाखा प्रमुख भैइसकेकी मैना कुमारी क्षेत्रीले आफुलाई सस्थाका सिओ लगायत माथिल्लो तहका कर्मचारीले अन्याय गरेको भन्दै   पत्रकार सम्मेलन मार्फत आफ्ना पीडा पोखेकी छिन ।

क्षेत्रीले  उपकार लघुबित्तले आफुले गर्दै नगरेको गल्तिको सजाय जवरजस्ती थुपार्दै आएको पत्रकार सम्मेलनमा बताएकी छिन् ।

क्षेत्रीले आफू शाखा प्रमुख भएर काम गरिरहदा आफ्नै शाखा मातहतका फिल्ड कर्मचारी भागिराम थारुले कोहलपुर वडा नम्बर १ कौशिलानगर स्थित केन्द्र नम्बर ७३ कि पदममाया थापा नाम गरेको सदस्यले १ लाख कर्जा खाएर केही किस्ता तिरेर कारोबार बिग्रदै गएपछी फरार भएर किस्ता तिर्न नसक्दा सस्थाको कर्जा र अन्य व्यक्तिगत कर्जा असुली गर्न  थापाको घरमा ताला लगाई घर बेचेर उपकार लघुबित्तको कर्जा पनि असुली गर्न भनी गाउँकै व्यक्तिहरुले गराएको तमसुकमा रोहबरमा बसि हस्ताक्षर गरेको भएर भागिराम थारुलाई २२ हजार र आफुलाई ४५ हजार जवरजस्ती तिरेको बताईन ।

पत्रकार सम्मेलनमा बोल्दै सदस्यले खाएको कर्जा कर्मचारिको पारिश्रमिक बाट काट्ने नितिनियम नभएको भन्दै आफू अन्यायमा परेको बताईन । उपकार लघुबित्तका सिओ शारदा कुमारी खत्री सङ्ग बार बार आफ्नो समस्या राख्दा पनि नसुनेको मैना कुमारी क्षेत्रीले बताईन ।

राष्ट्र बैंक मा समेत आफू अन्यायमा परेको भन्दै  उनले निबेदन दिएकी छिन ।  ११ बर्ष सम्म खुन पसिना बगाएर काम गरिरहदा आफ्नो शारिरिक अवस्था दिन प्रतिदी बिग्रदै जादा उपकार लघुबित्तका माथिल्लो निकायका कर्मचारीले झन झन मानसिक र शारीरिक पीडा दिएको  बताएकी छिन ।

उनले आफुले लघुबित्तको एक रुपियाँ नि हिनामिना नगरेको र बिना कारण आफ्नो काटिएको तलब अनि सस्था छोड्दा पाउनु पर्ने सबै सेवा सुबिधा पाउनु पर्ने उनको माग छ ।

उपकार लघुबित्तमा धेरै समय काम गरेर जागिर छोड्न बाध्य बनाइएका टेक बहादुर नेपाली, प्रदिप कुमार थारु , रामसरा वर , गोमा गौतम , उर्मिला यादब ,बिनोद कुमार यादब , सरला सुवेदी, लक्ष्मी ढकाल, गौरी थारु , गिता गोल्जाली पनि उपकार लघुबित्तका सिओ लगायत अन्य माथिल्लो तहका हाकिमहरुले आफू प्रती गर्ने व्यवहार असह्य भएर जागिर छोड्न बाध्य भएको बताउदै आएका छन् ।

 

 

 

  • २५ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech