१६ चैत्र २०८०, शुक्रबार

बैजनाथमा बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था गठन
  • आरके छिनाल

बाँके बैजनाथ ।  साना किसान सुदृढिकरण परियोजना अन्र्तगत बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था गठन गरिएको छ ।बाँकेको बैजनाथ गाउँपालिकामा संचालित परियोजना अन्र्तगत वडा न १ देखी वडा न ४ सम्म १७ सय घर दुरी लाई समावेस गर्ने उदेश्यका साथ बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था गठन गरिएको हो ।  ११ सदस्य तदर्थ संचालक समिति र ३ सदस्य लेखा समिति भेलाले सर्वसहमति चयन गरेको छ ।

भेलाले अध्यक्ष कमला थापा मगरको नेतृत्वमा ११ सदस्य तदर्थ समित चयन गरेको हो भने लेखा समिति लली बुढाको संयोजकत्वमा ३ सदस्य  चयन गरिएको हो । बैजनाथ गाँपालिका उपाध्क्ष शारदा रेग्मी विकले आर्थिक रुपान्तरण का लागि सहकारी आवश्यक रहेको कार्यक्रममा बताइन् । विकले यो सहकारी प्रत्यक्ष गाउँपालिकाको निगरानिमा हुने बताउदै सहकारीको स्तर उन्नतीमा गाउँपालिकाले सहयोग गर्ने बाचा समेत  व्यक्त गरिन् ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्लले नेपाल सरकारले विगतमा लक्षित समुदाय लाई दिदै आएको अनुदान वालुमा पानी भए को बताउदै  कुनै पनि बस्तु शिपहरुको उनले उपलब्धी तथ्याक स्थानीय सरकार संग  नरहेको  दावी गरे ।

हेफर मोडलमा संचालित कार्यक्रमले सामाजिक रुपान्तरण सगै आर्थिक रुपान्तरणमा टेवा दिएको बताए ।  उनले हेफर मोडेल भएतापनि कार्यक्रमको लागत स्थानीय सरकारको रहेको हुँदा अब स्थापना हुने सहकारीको प्रत्यक्ष संरक्षक स्थानीय सरकार नै हुने बताए । मल्लले १७ सय महिला हरु बाट संचालन हुने सहकारीले अन्य सहकारी बाट हुने गतिविधिहरु भन्दा फरक हुने आफुले विश्वास गरेको बताए । मल्लले आवश्यक परे स्थानीय वडाकार्यालय मा सहकारी संचालनका निम्ति भवन उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गरे ।

बैजनाथ सामाजिक सहकारीले कृषि तथा पशु उत्पादन,प्राविधिक सेवा, दध उत्पादन र उत्पादीत वस्तुको बजारिकरण का क्षेत्रमा काम गर्ने छ ।  बैजनाथ वडा न १ देखी ४ सम्म समुहमा काम गर्ने छ । हाल वडा न १ देखी ४ सम्म परियोजनाका ६९ स्वालम्बी महिला समुह रहेका छन् ।

बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल उत्पििडत सामुदायिक विकास केन्द्रको साझेदारीमा साना किसान सुदृढिकरण परियोजना वितग १ वर्ष देखी २ हजार घर धुरीमा काम गर्दै आइरहेको छ ।  सहकारीको शेर पुजीँ जम्मा १ लाख ३७ हजार ५ सय रहेको छ भने ६९ स्वालम्बी समुहमा मासिक बचत ऋण परिचालन स्थानीय स्तरमा उपहार प्रदान   ,सामुहिक काम तरकारी कोष मासिक बचत गर्दै आइरहेका छन् ।   १ स्वालम्बी समुहमा २५ जना महिलाहरु आवद्ध छन् ।

  • २६ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech