१६ चैत्र २०८०, शुक्रबार

बैजनाथका विपन्न ६० घरपरिवारलाई आयआर्जन सामाग्री बितरण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग बैजनाथ गाउपालिकाको समन्वय तथा बाँके युनेस्को क्लवको आयोजनामा बैजनाथ गाउपालिकाका कोभिड–१९ प्रभावित तथा विपन्न समुदायलाई आयआर्जनको लागि उनीहरुले रोजेको समाग्री बितरण गरिएको छ ।

कोभिड–१९ प्रतिकार्य कार्यक्रम अन्तरगत बाँकेको बैजनाथ गाउपालिकामा ६० विपन्न घरपरिवारलाई आयआर्जनको लागि समाग्री बितरण गरिएको हो ।

सामाग्री बितरण गर्दै बैजनाथ गाउपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले कोभिड–१९का कारण राजगार तथा आयआर्जनको बाटो नभएका विपन्न तथा सिमान्तकृत समुदायको लागि लक्षित गरी ल्याईएको सहयोग कार्यक्रमबाट पाएको समाग्रीको सदुपयोग गर्न आग्रह गरे ।

बाँके युनेस्को क्लवले बैजनाथ गाउपालिकाका वडा नं. १ देखि ८ सम्मका विपन्न नागरिकको लागि कोभिड–१९ प्रतिकार्य कार्यक्रम अन्तरगत ४६ घर परिवारलाई ३ वटा बाख्राका दरले बाख्रा, ४ जनालाई किराना पसलको सामान, ३ जनालाई बंगुर पालन, १ जनालाई कुखुरा पालन, २ जनालाई सिलाई मेसिन, २ जनालाई खाजा पसल सञ्चालन सामग्री, १ जनालाई फलामको औजार बनाउने उपकरण र १ जनालाई ग्यासस्टोभ मर्मत औजार संगै सबैजनालाई मास्क, सेनिटाईजर जसता व्यक्तिगत स्वास्थ्य समाग्रीसमेत उपलब्ध गराईएको कार्यक्रम अधिकृत अनुप बर्माले जानकारी दिए ।

बाँके युनेस्को क्लवले यस अघि पनि बैजनाथ गाउपालिकाका कोभिड पोजेटिभ भएका तथा कोभिड–१९ का कारण रोजगारी गुमाएका १ सय ४३ परिवारलाई पनि यस्तै खालको सहयोग गरि सकेको क्लवका उपाध्यक्ष पञ्चम गुरुङ्गले जानकारी दिईन । बाँके युनेस्को क्लवले प्लान ईन्टरनेशनल नेपाल मार्फत कोभिड–१९ का बिरुद्ध विभिन्न गतिविधि सञ्चालन गर्दै आएको
छ ।

  • २६ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech