२६ बैशाख २०८१, बुधबार

आर्थिक समृद्धिका लागि गुरुबाबाको समुह निमार्ण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित जय गुरुबाबा मध्यवर्ती बहुउद्देश्यीय सहकारी संस्थाले मध्यवर्ती क्षेत्रको जनसमुदायमा सामाजिक, साँस्कृतिक, जैविक विविधता  र सामुदायिक रुपमा आर्थिक समृद्धिका लागि समुह निर्माण  गरेको छ ।

मध्यवर्ती क्षेत्र ब्यवस्थापन नियमावलीमा ब्यवस्था अनुसार देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तरगत मध्यवर्ती सहकारी क्रियाशिल गएको छ ।

समुदायको मुल्यमान्यता, रिती रिवाज चालचलन तथा सँस्कार सँस्कृतिको प्रवद्र्धन गर्दै, जैविक विविधताको संरक्षणमा समुदायको सहभागि बृद्धिसँगै सामुदाकिरुपमा आर्थिक विकास गर्न मध्यवर्ती क्षेत्रले बिबिध गतिबिधि  संचालन  गर्दै आएको छ ।

मध्यवर्ती क्षेत्रका समुदायको सहजरुपमा आर्थिक पहुँच गराउन मध्यवर्ती सहकारी अभियान अघि बढाइएको अध्यक्ष कृष्णलाल चौधरीले जानकारी गराए ।

बैजनाथ गाउँपालिकाको वडा नं. १,३ र ४, कोहलपुर नगरपालिकाको वडा नं.२ सम्म कार्यक्षेत्र रहेको मध्यवर्ती सहकारीले बानियाभारमा  समूह निर्माण गरी अभियानको  शुरुवात गरिएको छ ।

मध्यवर्ती समिति अन्तरगत ४ हजार घरढुरी रहेका  छन् । ‘भने  १२ सय शेयर सदस्य सहकारीमा आवद्ध छन् । सहकारी र मध्यवर्ती समितिको सहकार्यमा बन्यजन्तुबाट बालीनाली क्षती भएमा सहजरुपमा राहत उपलब्ध गराउन अक्षय कोष समेत  निर्माण  गरिएको छ ।

  • २६ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech