१३ बैशाख २०८१, बिहीबार

बाँकेका जनताले असारमा पाउने छन् लालपुर्जा

बाँकेका ६ स्थानीय तहमा आयोगले गरर्यो कार्य सम्झौतामा हस्ताक्षर

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  भूमि सम्बन्धि समस्या समाधान गर्न बाँकेका ६ वटा स्थानीय तह संग आइतबार  आयोगले कार्य सम्झौतामा हस्ताक्षर गरेको  छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले  लुम्बिनी प्रदेशका कूल  ३३ वटा स्थानीय तह सँग कार्यसम्झौता गरेको हो ।

३३ वटा स्थानीय तह मध्य   बाँकेमा  बैजनाथ गाउँपालिका,कोहलपुर नगरपालिका,नरैनापुर गाउँपालिका ,खजुरा गाउँपालिका ,राप्ती सोनारी गाउँपालिका ,जानकी गाउँपालिका संग  कार्य सम्झौता गरिएको बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडीले जानकारी गराए ।

सम्झौता गरिएका लुम्बिनी प्रदेशका  स्थानीय तह  मध्य ३ उपमहानगर ,नगरपालिका र गाउँपालिका गरी कूल ३३ वटा   छन् ।

भूमि सम्बन्धी समस्या समाधान गर्न स्थानीय तहलाई ६ महिनाको  महत्वपूर्ण जिम्मेवारी दिएको छ ‘ प्रमुख  प्रशासकीय अधिकृत दान बहादुर एडी  भने ‘।

६ महिनाको अवधिमा अव्यवस्थित  बसोबासको तथ्याङक, एैलानी जमिनको तथ्याङक लिने  संझौतापत्रमा उल्लेख गरिएको छ ।

संझौतापत्रमा जेठ दोस्रो साता प्रत्यक स्थानीय तहले सम्बन्धित जिल्ला समन्वय समितिमा आफ्नो स्थानीय तहको सम्पूर्ण विवरण बुझाउनु पर्ने छ ,अनी सम्भवत असारमा भूमि सम्बन्धी समस्या समाधान आयोगले लालपुर्जा  वितरण गर्ने  आशा  छ  ,बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल  हर्षित हुदै भने  ।

 

  • २८ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech