१३ बैशाख २०८१, बिहीबार

असार मसान्त भित्र जग्गाधनी प्रमाण पुर्जा बितरण गर्छौं : अध्यक्ष ज्ञवाली
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  सुकुम्वासीबासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले असार मसान्त भित्र भुमिहीन तथा सुकुम्वासीले जग्गाधनी प्रमाण पुर्जा  वितरण गर्ने बताएका छन् ।

कोहलपुरमा  सोमवार अयोजीत एक कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले भुमिहीन तथा सुकुम्वासीहरको लागत लिने र प्रमाणीकरण गर्ने काम सुरु भई सकेको जानकारी दिदै सोही लागतका आधारमा असार मसान्त भित्र जग्गाधनी प्रमाण पुर्जा बितरण गरिने ज्ञवालीले  बताए । ज्ञवालीले लागत संकलन र प्रमाणीकरणका लागि देश भरका स्थानीयतहरुलाई काम गर्न निर्देशन दिई सकेको जानकारी दिए ।

कोहलपुरका नगर प्रमुख लुट बहादुर रावत उपस्थित रहेको कार्यक्रममा प्रमुख रावतलाई निर्देशन दिदै अबिलम्व भुमि सम्वन्धी कामगर्न अलग्गै कार्यलय र कर्मचारी व्यवास्थापन गर्न आग्रह गरे ।

१५ दिन भित्र अघिल्लो आयोगले पुर्जा बितरण गरेर बिवादीत रहेका , वन क्षेत्र र बफर जोन क्षेत्रमा बसोवास गर्नेको लागत पठाउन पनि उनले आग्रह गरे । भुमीहीन दलीत र भुमिहीन सुकुम्वासीलाई जग्गा बितरण गर्ने काम प्राथमिकतामा रहेको बताउदै अध्यक्ष ज्ञवालीले निरन्तर १० बर्ष देखी जोतभोग गर्दै आएको पुरानो बन क्षेत्र भएपनि जोतभोग गर्नेलाई जग्गाधनी प्रमाण पुर्जा दिईने प्रष्ट पारे ।

बिगतका आयोग कमजोर कानुनी धरातल र अस्थीर सरकार भएकै कारण काम गर्न नसकेको बताउँदै अध्यक्ष ज्ञवालीले भुमी ऐनको आठौ संसोधन मार्फत आयोगलाई कानुनी रुपमा पुर्ण बनाईएको धारणा राखे । उनले नेपालको संबिधान नै भुमीहीनलाई वासोवासको व्यवस्था गर्ने भन्ने उल्लेख रेहकाले सरकारी , एलानी र पर्ती जग्गामा उनिहरुलाई बसोवासको व्यवस्था मिलाईने धारणा राखे ।

आयोगलाई स्थानिय स्तरमा कामको सहजीकरण गर्न राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनीधी , भुमीहिनका क्षेत्रमा काग गर्ने संघ सस्थाका प्रतिनीधी सम्मीलीत सहयोग समती गठन गरिने उनको भनाई छ । नेकपाका नेता सुर्य ढकालले सञ्चालन गरेको कार्यक्रममा आयोगका केन्द्रीय सदस्य दिनेश चन्द्र यादव लगायतले पनि बोलेका थिए ।

  • २९ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech