१५ बैशाख २०८१, शनिबार

नेपालगन्जमा लियो अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको आयोजनामा सोमबार नेपालगन्जमा लियो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष प्रकाश कुवँरको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स ३२५ बि२ नेपालका जिरो मेम्बरड्रप संयोजक मुकुट ढकाल, लियो जिल्ला परिषद् ३२५ बि २का पूर्व अध्यक्ष विष्णु श्रेष्ठ, लियो जिल्ला परिषद् ३२५ बि२ का जिल्ला परिषद निर्देशक सुजीत बैश्य लगायत नेपालगन्ज क्षेत्रका ३० बढि लियो क्लब सदस्यहरुको उपस्थिति रहेको लियो अभिमुखिकरण कार्यक्रमकी संयोजक रोशनी खत्रीले बताइन ।

कार्यक्रममा लायन्स ३२५ बि२ नेपालका जिरो मेम्बरड्रप संयोजक मुकुट ढकाल र लियो जिल्ला परिषद् ३२५ बि २का पूर्व अध्यक्ष विष्णु श्रेष्ठले लियो सम्बन्धि अभिमुखिकरण दिएका
थिए ।

लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको चौथो कार्यसमिति बैठकबाट निर्णय भए अनुरुप क्लबकी उपाध्यक्ष लियो रोशनी खत्रीको संयोजकत्वमा कार्यक्रम गरिएको क्लबका सचिव बसन्त बस्नेतले जानकारी दिए ।

  • ३० मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech