१५ चैत्र २०८०, बिहीबार

ट्राफिक चेकिङ, एसपी राना आफै निस्के सडकमा
  • न्युज मानसराेवर

बाँके  बैजनाथ ।  जिल्ला प्रहरी कार्यालय बाँके र ट्राफिक प्रहरीले संयुक्त रुपमा बुधबार बिहान नेपालगन्जमा सर्प्राइज (आकस्मिक) ट्राफिक चेकिङ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना ट्राफिक चेकजाँचका क्रममा एकाबिहानै आफै सडकमा देखिए । उनले चोरीका, मोडिफाई गरिएका, कागजपत्र (ब्लु बुक/लाइसेन्स) नभएका तथा ट्राफिक नियम बिपरित गुडेका सवारी साधनलाई कारबाही गर्नका लागि प्रहरीले सर्प्राइज चेकिङ गरिएको बताए ।

साथै सडक दुर्घटना न्यूनीकरण गर्नकालागि पनि यस्तो चेकिङ गरिएको उनले थपे ।नेपालगन्ज-कोहलपुर सडक खण्ड अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकादोमा प्रहरीले बिहानै ८ बजेदेखि सवारी साधन चेकजाँच गरिरहेको छ ।

चेकजाँचमा बाँके प्रहरी प्रमुख रानासहित प्रहरी निरीक्षक सुरज खत्री ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक भरत पौडेल लगायत खटिएका थिए ।

  • १ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech