७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कञ्चनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी शुक्लाफाँटा १० की २८ बर्षीया गर्भवती महिलाको मंगलवार राति सवा १ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । उनी ३० हप्ताको गर्भवती थिइन् ।

मंसिर २५ गते स्वास्थ्यमा समस्या आएपछि सेती अस्पताल धनगढीमा कोरोना जाँच गराउँदा भोलिपल्ट पोजिटिभ रिपोर्ट आएपछि त्यसै दिन साँझ उनलाई कोहलपुर कोभिड आइसोलेसन वार्डमा ल्याई भर्ना गरिएको थियो ।

योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ७० जना कारोना संक्रमितको मृत्यु भएको छ ।

  • १ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech